श्रावण २४, २०८३ आइतबार August 9, 2026

सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा सीमा तोक्योः एक ब्यक्तिको नाम २ वटा मात्रै सिम लिन पाउने नयाँ ब्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले अव एक ब्यक्तिको नाम २ वटा मात्रै मोवाईल सिम लिन पाउने ब्यवस्था गर्ने तयारी गरेको छ  । सरकारले मोवाईल सेवा प्रदायक कम्पनीहरुलाई पत्राचार गरी उक्त ब्यवस्था लागू गर्न आग्रह गरेको हो । यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन ।

मोवाईल सिमको प्रयोग गरी अपराध गर्ने काम अत्याधिक बढेपछि सरकारले मोवाईल सेवा प्रदायकहरुलाई उक्त निर्देशन दिएको बताइएको छ । अब भने एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई–दुईवटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउने भएका छन ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पत्र लेखेर अब यो व्यवस्था कडाइका साथ लागु गर्न निर्देशन दिएको छ ।

प्रवक्ता मिनप्रसाद आर्यालका अनुसार एकै व्यक्तिले जति पनि सिम लिने प्रचलनले गर्दा साइबर अपराध र अन्य अपराधको घटना बढेको र अनुसन्धान गर्न पनि असहज भएको गृह मन्त्रालयको सुझावका आधारमा नयाँ व्यवस्था गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार