जेठ ७, २०८२ बुधबार May 21, 2025

कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी

नेशनल कन्फ्रेन्स र कांग्रेस मिलेर राज्यका सबै ९० सिटमा दुवै राजनीतिक दलबाट संयुक्त प्रतिस्पर्धा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतको जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान भइरहेको छ । जम्मु कश्मीरमा १८ सेप्टेम्बर, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ ।

आज पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुँदैछ । जसमध्ये १६ सिट कश्मीर र ८ सिट जम्मुका छन् ।

धारा ३७० खारेज भएको करिब १० वर्षपछि पहिलो पटक जम्मू कश्मीरमा विधानसभा चुनाव हुन लागेको छ ।
५ अगस्त, २०१९ मा, अनुच्छेद ३७० खारेज गरेर, जम्मू कश्मीरको विशेष दर्जा हटाइएको थियो र दुई केन्द्र शासित प्रदेशहरू सिर्जना गरिएको थियो ।

जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनाव | News from Nepal - Ratopatiयी चुनावमा नेशनल कन्फ्रेन्स र कांग्रेस मिलेर राज्यका सबै ९० सिटमा दुवै राजनीतिक दलले संयुक्त प्रतिस्पर्धा गरिरहेका छन् ।

जबकि भाजपा र पीडीपी यस चुनावी मैदानमा एक्लै छन् । लोकसभा सांसद इन्जिनियर राशिदको पार्टी अवामी इत्तिहादले प्रतिबन्धित संगठन जमात-ए-इस्लामीले समर्थन गरेको स्वतन्त्र उम्मेदवारहरूसँग गठबन्धनको घोषणा गरेको छ ।

मतदानलाई मध्यनजर गर्दै राज्यमा पनि कडा सुरक्षा व्यवस्था गरिएको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार