कार्तिक ११, २०८३ बुधबार October 28, 2026

भटाभट पार्टी परित्याग गर्दै जनमत पार्टीका नेता-कार्यकर्ताहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः डा सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाका दुई जना पूर्वजिल्ला संयोजक सहित एक दर्जनभन्दा बढी नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन्।

पार्टी अध्यक्ष डा. राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, तानाशाही अपारदर्शी प्रवृत्ति बढेको लगायतका विभिन्न आरोप लगाउँदै करिब १४ जना नेता कार्यकर्ताहरुले सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

जनमत पार्टी सिरहाका पूर्वजिल्ला संयोजकद्वय चन्देश्वर महतो र केदारनाथ यादवसहित लहान नगरपालिका संयोजक देवकान्त सिंह, सिरहा नगरपालिका संयोजक विपीन यादव, सुखीपुर नगरपालिका संयोजक सत्रुधन महतो, धनगढीमाई नगरपालिका संयोजक बैधनाथ महतो, नरहा गाउँपालिकाका संयोजक मनोज यादवले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्।

यस्तै पार्टी परित्याग गर्नेमा नवराजपुर गाउँपालिकाका संयोजक रामशङ्कर यादव, गोलबजार नगरपालिकाका संयोजक देवेन्द्रप्रसाद महतो, विष्णुपुर गाउँपालिकाका संयोजक वीरेन्द्रकुमार यादव तथा पार्टीका सक्रिय सदस्य अशेश्वर कामती, महेश महतो, भोलाजित नेपाल र जितेन्द्रकुमार सिंह रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार