मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक मतदान

विक्रमासिङ्घेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कोलम्बो । श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा प्रभावकारी जनमत सङ्ग्रहमा शनिबार राष्ट्रपतिका लागि मतदान सुरु भएको छ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौँसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने श्रेय दाबी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको  थियो ।

सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालीन निर्वाचित राष्ट्रपति विरुद्ध आन्दोलित भएपछि देश छोडेर भाग्नुभएको थियो भने विक्रमासिङ्घेले सङ्कटका समयमा देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झण्डै सङ्कटग्रस्त हुनु पहिलेको अवस्थामा पु¥याउनुभएको छ ।

विक्रमासिङ्घेको कर वृद्धि गर्ने र राज्यले नागरिकका लागि दिएका अन्य सुविधाहरूलाई कसिलो पार्दै दातृ निकाय र यसमा पनि खासगरी आइएमएफको बेलआउटको सर्तहरू प्रा गर्दा नागरिकहरू उहाँसँग खुशी छन् वा छैनन् यो निर्वाचनले निर्णय दिनेछ । उहाँ सङ्कटका समय नेतृत्व गरेको र देशलाई थप वर्वादीत् जानबाट रोक्न सकेकोमा आफु विजयी हुनेमा आशावादी हुनुहुन्छ ।

चुनावमा विक्रमसिङ्घेले अनुरा कुमार दिसानायका लगायतका शक्तिशाली सीमान्त मार्क्सवादी पार्टीका नेता सँग कसिलो प्रतिस्पर्धा गर्नु पर्ने आँकलन गरिएको छ ।

विज्ञहरूका अनुसार श्रीलङ्काको अर्थतन्त्र अझै पनि कमजोर छ । यहाँको ४६ अर्ब विदेशी ऋणको भुक्तानीको समय सन् २०२२ पछि सरकारी प्रतिबद्धता अनुसार फेरी आएको छ ।

विक्रमासिङ्घेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने र आईएमएफसँगको सहकार्यमा कुनै विचलनतिर जान नदिने बताउनुभएको छ ।

“निर्वाचन धेरै हदसम्म विक्रमासिङ्घेको सरकारले कसरी आर्थिक सङ्कट र आगामी सुधारलाई ह्यान्डल गरेको छ भन्नेमा जनमत सङ्ग्रह हुनेछ,” अन्तर्राष्ट्रिय सङ्कट समूहले यस हप्ताको एक रिपोर्टमा भनिएको छ ।

चुनावमा जम्मा ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

चुनावमा एक करोड ७० लाख भन्दा बढी मानिसहरू मतदान गर्न योग्य छन् । मतदान केन्द्र तथा गणना केन्द्रहरूको सुरक्षाका लागि ६३ हजार भन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।

चुनाव अवधिमा कुनै पनि समस्या भएमा सुरक्षा टोलीहरू पनि तयार रहेको जनाउँदै हाल सम्म  शान्तिपूर्ण रुपमा मतदान भइरुहेको प्रहरी प्रवक्ता निहाल तल्डुवाले बताउनु भएको छ ।

यसै बीच केही क्षेत्रका  मतदान केन्द्रमा जङ्गली जनावरबाट सुरक्षित आभास गराउन  प्रहरी परिचालन गर्नुपरेको उहाँले बताउनु भएको छ ।

कोलम्बोमा मतदान सुरु हुनु अघि दर्जनौँ मानिसहरू मतदान केन्द्र बाहिर लामबद्ध थिए भने राजधानीमा  कडा सुरक्षाको व्यवस्था मिलाइएको छ ।

मतदान स्थानीय समय अनुसार बेलुका चार बजे सम्म चल्ने र गणना शनिवार साँझ देखि नै सुरु हुने जनाइएको छ । आइतबार नतिजा आउने अपेक्षा गरिएको छ रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
२०८३ मंग्सिर ३, बिहिबार
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार