मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चीनद्वारा प्रशान्त महासागरमा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चीनले बुधबार एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको बताएको छ । यसलाई दशकौँमा पहिलोपटक यस्तो अभ्यासमा प्रशान्त महासागरमा प्रक्षेपण गरिएको थियो ।

उक्त प्रक्षेपणले यस क्षेत्रका अन्य मुलुकहरूमा विरोध प्रदर्शन सुरु भएको छ । चीनको छिमेकी जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।

बेइजिङले हालैका वर्षहरूमा आफ्नो आणविक विकासलाई तीव्र पार्दै रक्षा खर्च बढाएको छ । चीनले संयुक्त राज्य अमेरिकाले अनुमान गरेको भन्दा तीव्र गतिमा आफ्नो शस्त्र भण्डार विकास गरिरहेको भन्दै पेन्टागनले गत अक्टोबरमा चेतावनी दिएको थियो ।

Dongfeng 5; China's First Intercontinental Range Ballistic Missile and the  Beginnings of Mutual Vulnerability

सन् २०२३ सम्म चीनसँग पाँच सयभन्दा बढी सञ्चालनमा रहेका आणविक हतियार रहेको र सन् २०३० सम्ममा एक हजारभन्दा बढी हुने सम्भावना रहेको पेन्टागनले बताएको छ ।

चिनियाँ रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “बुधबार चिनियाँ सेनाको रकेट फोर्सले सेप्टेम्बर २५ को बिहान ८ः४४ बजे प्रशान्त महासागरको उच्च समुद्रमा एउटा नक्कली वारहेड बोकेको आइसिबिएम प्रक्षेपण गर्यो र क्षेप्यास्त्र अपेक्षित समुद्री क्षेत्रमा खस्यो ।”

यस्ता परीक्षणहरू धेरै दुर्लभ रहेको एक विश्लेषकले बताएका छन् । “यो अन्यन्तै असामान्य छ र सम्भवतः दशकौँमा हामीले पहिलो पटक यस्तो परीक्षण देखेका छौँ,” कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका स्टान्टन सिनियर फेलो अंकित पाण्डाले भने, “यो परीक्षण सम्भवतः चीनको जारी आणविक आधुनिकीकरणलाई दर्शाउँछ जसले परीक्षणका लागि नयाँ आवश्यकताहरू सिर्जना गरेको छ ।”  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
२०८३ मंग्सिर ३, बिहिबार
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार