कार्तिक ११, २०८३ बुधबार October 28, 2026

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा आयल निगम घेराउ गर्दै नेविसंघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै‌ंः सरकारले पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज आयल निगम घेराउ गर्दै छ । आयल निगमले शुक्रबार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक एक रुपैयाँले बढाएको प्रति आपत्ति जनाउँदै निगम घेराउ गर्न लागेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

कोरोना भाइरसको महामारीका बेला सर्वसाधारणले राहतको महसुस हुने काम गर्नुपर्नेमा निगमले लुट मचाउने काम गरेको उनको आरोप छ । नेविसंघले आज ११ वजे आयोल निगम घेराउ कार्यक्रम तय गरेको तिमल्सिनाले बताए । बढाइएको मूल्य तुरुन्त फिर्चा नलिए सडक आन्दोलन थाल्ने नेविसंघको तयारी छ ।

मूल्यवृद्धिबारे विद्यार्थीहरुले निरन्तर आवाज उठाउँदै गर्दा पनि सरकारले ध्यान नदिई महामारीको समयमा सर्वसाधारणको ढाड सेक्ने काम गरेकाले मुल्य बृद्धि फिर्ता नगरे सडक आन्दोलन थाल्नुको विकल्प नभएको निष्कर्षमा नेविसंघ पुगेको महामन्त्री तिमल्सिनाले जनाकारी दिए ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८.८८ रुपैयाँ कायम भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार