असार १३, २०८३ शनिबार June 27, 2026

चितवनमा ५ जना कोरोना संक्रमितका नयाँ विरामी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः चितवनमा आईतबार थप पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भरतपुर अस्पताल, कोभिड- १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित पाँचैजना भरतपुर महानगरपालिकाभित्रका रहेको अस्पतालले जानकारी दिएको छ । संक्रमित चार पुरुष र एक महिला रहेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ५, १५, १६ र २४ का ३६, ३८, ४३ र ३६ वर्षीय पुरुष र २७ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू सबैलाई क्‍वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ ।

शनिबार १ सय २९ जनाको स्वाब परीक्षण गरिएकोमा पाँचजनाको रिपोर्ट पोजेटिभ आएको हो भने बाँकी १२४ जनाको भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया