असार २१, २०८२ शनिबार July 5, 2025

गाजा युद्धमा दुई–तिहाइ भवन क्षतिग्रस्त : राष्ट्रसङ्घ

गाजा पट्टीका करिब ६८ प्रतिशत स्थायी बाली क्षेत्रमा सेप्टेम्बरमा ‘स्वास्थ्य र घनत्वमा उल्लेखनीय गिरावट’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेनेभा । सन् २०२३ अक्टोबरमा गाजा युद्ध सुरु भएयता गाजा पट्टीका दुई–तिहाइ भवन क्षतिग्रस्त वा नष्ट भएको संयुक्त राष्ट्रसङ्घले सोमबार बताएको छ ।

राष्ट्रसङ्घीय उपग्रह केन्द्र (युएनओएसएटी–युनोस्याट) ले आफ्नो क्षति मूल्याङ्कनलाई अद्यावधिक गर्दै सेप्टेम्बर ३ र ६ मा सङ्कलन गरिएका रिजोल्युसनका तस्बिरहरूले स्पष्ट रूपमा बिग्रँदो अवस्था देखाएको बताएको छ ।

“यो विश्लेषणले गाजा पट्टीमा कूल संरचनाको दुई–तिहाइ भवन क्षतिग्रस्त भएको देखाउँछ”, युनोस्याटले भनेको छ, “गाजा पट्टीमा क्षतिग्रस्त भवनहरूको उक्त ६६ प्रतिशतले कूल एक लाख ६३ हजार सात सय ७८ संरचनालाई समेटेको छ ।”

जुलाईको प्रारम्भका तस्बिरहरूको आधारमा अन्तिम मूल्याङ्कनले प्यालेस्टिनी क्षेत्रका ६३ प्रतिशत संरचना क्षतिग्रस्त भएको निर्धारण गरेको थियो ।

सोमबारको अद्यावधिकले क्षतिमा अहिले ‘५२ हजार पाँच सय ६४ संरचना नष्ट भएको, १८ हजार नौ सय १३ गम्भीर रूपमा क्षतिग्रस्त भएको, ३५ हजार पाँच सय ९१ सम्भवतः क्षतिग्रस्त संरचना रहेको र ५६ हजार सात सय १० मध्यम रूपमा प्रभावित’ भएको बताएको छ ।

गाजा सहर विशेष रूपमा प्रभावित भएको युनोस्याटले बताएको छ । गाजा सहरमा ३६ हजार छ सय ११ संरचना नष्ट भएका छन् ।

युनोस्याट र राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले गाजा पट्टीका करिब ६८ प्रतिशत स्थायी बाली क्षेत्रमा सेप्टेम्बरमा ‘स्वास्थ्य र घनत्वमा उल्लेखनीय गिरावट’ देखिएको बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार