असार २१, २०८२ शनिबार July 5, 2025

अस्ट्रेलियाद्धारा आफ्ना नागरिकलाई लेबनान छोड्न आग्रह

आतङ्कवादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

क्यानबेरा । बढ्दो द्वन्द्व र अशान्तिका बिच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।

सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिलामन्त्री पेनी वोङले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाई टिकटको व्यवस्था गर्नका लागि विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी)ले एयरलाइन्ससँग समन्वय गरिरहेको बताउनुभएको छ ।

पछिल्लो समयमा मध्यपूर्वमा चलिरहेको द्वन्द्वको बीच अस्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई लेबनान छोड्नका लागि सरकारले बारम्बार चेतावनी दिइरहेको छ ।

लेबनानमा रहेका अस्ट्रेलियालीलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै  उचित मार्ग चयनको लागि केही समय धैर्य गर्न आग्रह गरेको छ ।

क्यानबेरामा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताउनुभएको छ ।

डिएफएटीद्वारा सञ्चालित सेवाले सन् २०२३ अक्टोबर देखिनै लेबनानका लागि “यात्रा नगर्न सल्लाह दिँदै आएको जनाइएको छ ।

लेबनानका लागि शनिबार जारी गरिएको निर्देशनको पछिल्लो अपडेटले आतङ्कवादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी दिएको छ ।

यसैबिच अस्ट्रेलियाली नागरिक र लेबनानका स्थायी बासिन्दालाई डिएफएटीको सङ्कट दर्ता पोर्टलमा दर्ता गर्न आग्रह गरिएको छ भने लेबनान नछोड्नेहरूका लागि आक्रमणको समयमा सुरक्षित आश्रयसहित पूर्व तयारीका साथ आक्रमणको सामना गर्न तयार हुन जानकारी दिइएको छ ।

यसअघि अस्ट्रेलिया ब्रोडकास्टिङ कर्पोरेसनले सेप्टेम्बरमा सरकारले कम्तीमा १५ हजार देखि ३० हजार अस्ट्रेलियाली अझै पनि लेबनानमा रहेको अनुमान गरेको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार