असार २५, २०८२ बुधबार July 9, 2025

चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा हस्तक्षेप’को विरोध

लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाले इजरायली कारबाही ‘स्थलगत घुसपैठ’ नभएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, असोज १५ गते । इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ । साथै बेइजिङले बढ्दो तनावप्रति ‘अत्यधिक चिन्तित’ रहेको बताएको छ ।

इजरायली सेनाले मङ्गलबार दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै स्थल आक्रमण सुरु गरेको बतायो । यसले सयौँ मानिसहरूको ज्यान लिएको एक साताको तीव्र हवाई आक्रमणपछि द्वन्द्वलाई अझ बढाएको छ ।

यद्यपि लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाले इजरायली कारबाही ‘स्थलगत घुसपैठ’ नभएको बताएको छ भने इरान समर्थित हिजबुल्लाहले कुनै पनि सैनिकले सीमा पार गरेको कुरालाई अस्वीकार गरेको छ । क्षेत्रीय टकरावलाई रोक्न अन्तर्राष्ट्रिय आह्वानका बाबजुद इजरायलले दक्षिण बेरुत, दमास्कस र गाजालाई लक्षित गरेको बेला यी दाबीहरूलाई तत्काल प्रमाणित गर्ने कुनै उपाय थिएन ।

“चीन लेबनान र इजरायलबीच विद्यमान अवस्थाबारे अत्यन्त चिन्तित छ र सम्बन्धित सैन्य कारबाहीका कारण क्षेत्रीय तनाव अझ बढ्नेबारे चिन्तित छ”, चिनियाँ विदेश मन्त्रालयले मङ्गलबार एक वक्तव्यमा भन्यो, “चीन लेबनानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घनको विरोध गर्दछ र द्वन्द्वलाई बढाउने तथा क्षेत्रीय स्थितिलाई थप उत्तेजित पार्ने यस्ता कार्यको विरोध गर्दछ ।” बेइजिङले वक्तव्यमा इजरायलसँग ‘परिस्थितिलाई शान्त पार्नका लागि ठोस कदम चाल्न’ आग्रह गरेको छ ।

इजरायलले लेबनानबाट सेना फिर्ता गर्नुपर्छ-रुस

यसैबिच रुसले इजरायललाई दक्षिणी लेबनानबाट आफ्ना सेना ‘तत्काल’ फिर्ता गर्न आग्रह गरेको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाह लडाकूहरू विरुद्ध ‘स्थल आक्रमण’ सुरु गरेको बताएपछि रुसले उक्त आग्रह गरेको हो ।

इजरायलले लेबनानमा एक साताको तीव्र हवाई आक्रमण गरेपछि स्थल आक्रमण गर्ने घोषणा गरेको थियो । हवाई आक्रमणमा सयौँ मानिस मारिएका थिए भने हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको पनि मृत्यु भएको थियो । क्रेमलिनले यी सैन्य कारबाहीहरूको पनि निन्दा गरेको छ ।

“रुस लेबनानमाथिको आक्रमणको कडा निन्दा गर्दछ । इजरायली अधिकारीहरूलाई तत्काल युद्धविराम गर्न, लेबनानी क्षेत्रबाट आफ्ना सैनिकलाई फिर्ता गर्न र मध्यपूर्वमा द्वन्द्व समाधान गर्न शान्तिपूर्ण उपायहरूको वास्तविक खोजीमा संलग्न हुन आह्वान गर्दछ”, रुसी विदेश मन्त्रालयले एक वक्तव्यमा भनेको छ, “हामी सशस्त्र आक्रमणको शिकार भएको मित्र राष्ट्र लेबनानको नेतृत्व र जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछौँ ।”रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार