बैसाख १७, २०८२ बुधबार April 30, 2025

हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु

इजरायलद्धारा दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सात सैनिक मारिएको जनाएको छ ।

इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ ।

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन एथान यित्जाकको रूपमा खुलासा गरिएको थियो । कप्तान एथान २२ वर्षका थिए ।

क्याप्टेन एथान लेबनानमा भूमिगत कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए । कप्तान एथान इगोज युनिटको टोली कमाण्डर थियो, जुन एक एलिट कमाण्डो समूह हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया