असार १३, २०८३ शनिबार June 27, 2026

साझा पार्टीका प्रवक्ता आचार्य र सचिवालय सदस्य खनालले पार्टी छोडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साझा पार्टीका सचिवालय सदस्य डा‍. सूर्यराज आचार्य र मुमाराम खनालले आइतबार पार्टी परित्याग गरेका छन्। साझा पार्टीको आइतबार ललितपुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा दुबैजनाले पार्टीबाट अलग हुने बताएका हुन्।

विवेकशिल साझ पार्टी फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै उनीहरूले पार्टी छोडेकाे बताइएकाे छ ।
२०७४ साउन ११ गते पार्टी एकता गरेका साझा र विवेकशील पार्टी २७ पुस २०७५ मा विभाजन भएको थियो । बैठकले पार्टी एकताका लागि सम्वाद समिति समेत गठन गरेको छ । उक्त बैठकले प्रवक्ता एवं सचिवालय सदस्य आचार्य र खनाललाई धन्यवाद दिने निर्णय गरेको छ ।

रविन्द्र मिश्र भन्छन्, ‘साझा पार्टी राजनीतिक रुपमा तेस्रो पार्टी हो,’ स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्व अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।

असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठीक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात आचार्य–खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै पार्टीबाट बाहिरिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया