जेठ ३०, २०८२ शुक्रबार June 13, 2025

इजरायलसँग बढ्दो द्वन्दकाबिच पहिलो चरणको सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा

सानो भूमध्यसागरीय देशबाट बढ्दो हिंसाका कारण १० लाखभन्दा बढी मानिस विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेरुत, लेबनान, असोज १८ गते । चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र एजेन्सीचिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ ।  गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र एजेन्सी र लेबनानका मन्त्रीले बताउनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक हनान बाल्खीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो “आज बिहान दशौं हजार मानिसको उपचार गर्न पर्याप्त ३० मेट्रिक चिकित्सा सहायता सामग्री लिएर एउटा विमान बेरुत अवतरण गरेको छ”, “आज र भोलि थप विमान सहायता समग्री लिएर आउनेछन् ।”

एएफपीको आधिकारिक तथ्याङ्कअनुसार सेप्टेम्बर २३ देखि इरान समर्थित हिजबुल्लाह लडाकुलाई लक्षित गरी भएको इजरायली आक्रमणमा लेबनानमा १ हजार १०० भन्दा बढी मानिस मारिएका छन् भने सयौं घाइते भएका छन् । पहिले नै आर्थिक र राजनीतिक संकटमा रहेको सानो भूमध्यसागरीय देशबाट बढ्दो हिंसाका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएको लेबनानी अधिकारीले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर)द्वारा आयोजित र संयुक्त अरब इमिरेट्सद्वारा वित्तपोषित सहायता प्राप्त गर्न स्वास्थ्यमन्त्री फिरास अबियाद शुक्रबार बेरुत एयरपोर्टमा पुग्नुभएको थियो । “यो सहायता लेबनानमा इजरायली आक्रमणबाट घाइते भएकाहरुको उपचारका लागि महत्त्वपूर्ण हुनेछ”, उहाँले बताउनुभयो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया