वैशाख २९, २०८१ शनिबार May 11, 2024

प्रदेश प्रहरी र वन विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण‌्डाै‌ंः ‘प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ ’ सर्वसम्मतिले आज पारित भएको छ ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नुभएको थियो ।

मन्त्री कार्कीले गल्ती गर्ने प्रहरीलाई सम्बन्धित जिल्लामै जिल्ला न्यायाधिवक्ताको नेतृत्वमा बन्ने विशेष आदालतले छिनोफानो गर्ने व्यवस्था विधेयकले गरेको जानकारी दिनुभयो । अहिलेको परिस्थितिमा प्रहरीको तलब दोब्बर गर्न नसकिने बताउँदै उहाँले जोखिम र चुनौतीका क्षेत्रमा काम गर्ने प्रहरीलाई आन्तरिक मूल्याङ्कनमा नम्बर बढ्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

यसअघि विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गराउनुभएका प्रदेशसभा सदस्य उमिता विक, बुद्धिकुमार राजभण्डारी, लछुमण तिवारी, विमल कार्की र शिवनारायण गनगाइँले संशोधनका बुँदा आंशिक रुपमा आन्तरिक मामिलामन्त्रीले स्वीकार गर्नुभएको जनाउँदै प्रस्ताव फिर्ता लिनुभएको थियो ।

यसैगरी प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । प्रदेश सभाको अर्को बैठक मङ्गलबार अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया