मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

रुसमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेता र राष्ट्रसङ्घका महासचिव सहभागी हुने

शिखर सम्मेलनअघि अक्टोबर १८ मा मस्कोमा एउटा व्यापारिक मञ्च पनि आयोजना गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुसको कजान सहरमा हुने ब्रिक्स शिखर सम्मेलनमा २४ देशका नेतासहित संयुक्त राष्ट्रसङ्घका महासचिव सहभागी हुने क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले २४ देशका शीर्ष नेता र प्रतिनिधि तथा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सहभागी हुने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

भोल्गा नदीको किनारमा रहेको सहरमा उदीयमान अर्थतन्त्र रहेका देशहरुको शिखर सम्मेलन अक्टोबर २२ तारिखदेखि शुरु हुँदैछ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति मसुद पेजेश्कियान सहभागी हुने अपेक्षा गरिएको छ ।

शिखर सम्मेलनअघि अक्टोबर १८ मा मस्कोमा एउटा व्यापारिक मञ्च पनि आयोजना गर्ने तयारी छ । यो मञ्चमा रुसी राष्ट्रपति पुटिनले सम्बोधन गर्नुहुनेछ । रुसले पछिल्लो पटक सन् २०१५ मा उफा सहरमा ब्रिक्स शिखर सम्मेलनको आयोजना गरेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार