मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

लेबनानका प्रधानमन्त्रीद्वारा इजरायलसँग युद्धविरामको प्रस्ताव पारित गर्न राष्ट्रससंघलाई आह्वान

हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेरुतः लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

टेलिभिजनमा सम्बोधन गर्दै उनले युद्धविरामको एउटा अंशका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताएका छन् ।

लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उनले बताए ।

उनका अनुसार लेबनान सरकार सन् २००६ मा अपनाइएको र मुलुकको दक्षिणमा लेबनानी सेना र शान्तिसेना मात्र तैनाथ हुनुपर्ने आह्वानसहितको ‘प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयन’ प्रति प्रतिबद्ध छ ।

‘लेबनान दक्षिणमा सेनाको तैनाथी र सीमामा यसको उपस्थिति बलियो बनाउन प्रतिबद्ध छ’,उनलेले भने, ‘हिजबुल्लाह यस विषयमा सहमत छ ।’

एउटा सरकारी स्रोतले हिजबुल्लाहले लेबनानी अधिकारीहरूलाई सेप्टेम्बर २७ मा इजरायलसँग युद्धविराम स्वीकार गरेको जानकारी दिएको थियो । उक्त दिन इजरायली आक्रमणमा यसका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो ।

यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो ।

प्रधानमन्त्री मिकातीले संयुक्त राष्ट्र अन्तरिम बल लेबनान (युनिफिल) माथिको आक्रमणलाई पनि ‘अपराध’ भन्दै निन्दा गरे । लेबनानी सञ्चारमाध्यम र विदेश मन्त्रालयका अनुसार लगातार दुई दिन इजरायली बलहरूले शान्तिसैनिकहरूलाई लक्षित गरी आक्रमण गरेका थिए ।

लेबनानी अधिकारीहरूका अनुसार एक वर्षको युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार