मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

कमला ह्यारिसको समर्थनमा एआर रहमानले बनाए ३० मिनेटको भिडियो

भिडियो एएपीआईको युट्युब च्यानलमा अक्टोबर १३ मा लाईभ गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । भारतीय संगीतकार एआर रहमानले कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड गरेका छन् । यो भिडियो एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्याण्डर्स (एएपीआई) विजय कोष संगठनले रेकर्ड गरेको हो । यो भिडियो एएपीआईको युट्युब च्यानलमा अक्टोबर १३ मा लाईभ गरिने बताइएको छ ।

एआर रहमान ह्यारिसलाई समर्थन गर्ने दक्षिण एशियाका पहिलो अन्तर्राष्ट्रिय कलाकार हुन् । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । भारतीय मूलकी कमला यस निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार हुन् । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने दावेदार हुन् ।

यसअघि एआर रहमान र इन्डियास्पोराका अध्यक्ष एमआर रंगास्वामीको भिडियो टिजर पनि रिलिज भएको थियो । रिपोर्टका अनुसार रहमानका केही चर्चित गीतहरू यस शोमा बजाइने छ । यससँगै ह्यारिसलाई भोट गर्न अपिल पनि गरिनेछ ।

यस अघि पप स्टार टेलर स्विफ्टले पनि आफ्नो इन्स्टाग्राममा कमला ह्यारिसलाई सहयोगको अपिल गरेकी छिन् ।

कमला ह्यारिसका लागि अमेरिकामा रहेका भारतीय समुदायले चुनावी अभियान सुरु गरेका छन् । सेप्टेम्बर ३ मा, मानिसहरूले उत्तरी क्यारोलिना, मिशिगन, जर्जिया, पेन्सिलभेनिया लगायत धेरै राज्यहरूमा ह्यारिसको समर्थनमा र्‍यालीहरू निकालेका थिए । अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको रिपोर्ट अनुसार अमेरिकामा २१ लाखभन्दा बढी भारतीय-अमेरिकी मतदाता छन् ।

कमला ह्यारिसले ट्रम्पलाई भन्दा अश्वेत व्यक्तिबाट बढी समर्थन पाइरहेकी छन् । प्यू रिसर्च सेन्टरको सर्वेक्षण प्रतिवेदनअनुसार ७७ प्रतिशत अश्वेत मतदाताले राष्ट्रपतिका लागि कमलालाई रुचाएका छन् । जबकि १३ प्रतिशत अश्वेत मतदाताले मात्र ट्रम्पलाई समर्थन गरेका छन् ।

यसैबीच, पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित चुनावी र्‍यालीमा ओबामाले अश्वेत पुरुष मतदातालाई कमलालाई भोट गर्न अपील गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार