फागुण १८, २०८२ सोमबार March 2, 2026

लुम्बिनी सरकारमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक सहित ११ सदस्यीय मन्त्रीमण्डल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गर्नु भएको हो ।

बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिनु भएको हो । शपथ लिएका मध्ये  तिमिल्सीना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुनुहुन्छ ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । यो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयंले सम्हाल्दै आइरहनुभएको छ  ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु भएको थियो । सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादीका दल नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौंको संख्या कांग्रेसमा प्रवेश
२०८२ फागुण १८, सोमबार
जसपाका केन्द्रीय सदस्यसहित केही नेताहरू नेकपामा प्रवेश
२०८२ फागुण १८, सोमबार
दक्षिण सुडानमा एमएसएफका २६ जना कर्मचारी बेपत्ता
२०८२ फागुण १८, सोमबार
नेपाली कांग्रेसद्वारा मध्यपूर्व प्रभावित नेपालीका लागि ‘हेल्प डेस्क’ सञ्चालन
२०८२ फागुण १८, सोमबार
इङलिश प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको शानदार पुनरागमन, क्रिस्टल प्यालेस २-१ ले पराजित
२०८२ फागुण १८, सोमबार
प्रधानमन्त्री कार्कीद्धारा राष्ट्रको नाममा सम्बोधन सहित गरिन् स्वच्छ र भयरहित निर्वाचनको प्रतिबद्धता
२०८२ फागुण १८, सोमबार
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोवार ?
२०८२ फागुण १८, सोमबार