जेठ ७, २०८२ बुधबार May 21, 2025

उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी

उत्तर कोरियाली सैनिकहरू युक्रेनसँग लड्न रुस जाँदैगरेको सार्वजनिक सुचना पाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टनडीसी (अमेरिका), ८ कात्तिक। उत्तर कोरियाले कम्तिमा तीन हजार उत्तर कोरियाली सेना अक्टोबरमा रूसमा पठाएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार उनीहरू युक्रेन विरुद्धको लडाइँमा सहभागी हुने अत्यधिक सम्भावना रहेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उत्तर कोरियाली सैनिकहरू युक्रेनसँग लड्न रुस जाँदैगरेको सार्वजनिक सुचना पाएको बताउनु भएको छ ।

सेना उत्तर कोरियाको वोनसनबाट रूसको भ्लाडिभोस्टोकसम्म जहाज मार्फत गएको बताउदै हाल उनीहरु रूसी सैन्य प्रशिक्षणमा रहेको बताउनु भएको छ । प्रशिक्षण पछि सैनिकहरूले युक्रेनी सेनाविरुद्ध लडाइँमा संलग्न हुन सक्ने चिन्ता उहाँले व्यक्त गर्नु भएको छ ।

किर्बीले अमेरिकाले युक्रेनी सरकारलाई उनीहरूको अवस्था बारेमा जानकारी दिएको बताउदै उत्तर कोरियाले मस्को र किभबिचको द्वन्द्वमा प्रवेश गरेमा युद्धमा रूस कायरतालाई उजागर गर्ने उल्लेख गर्नु भएको छ ।

युक्रेनविरुद्धको युद्धमा रुसले हरेक दिन असाधारण हताहत भोगिरहेको बताउदै किर्बीले अझै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावको विपरित युक्रेनसँग द्वन्द्व जारी राख्न चाहेको बताउनु भएको छ ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीले युद्धका लागि युक्रेनलाई अमेरिकी सहयोगको बारेमा कुरा गर्दै अमेरिका युक्रेनलाई थप युद्व सामाग्रीहरू प्रदान गर्ने तयारीमा रहेको बताउनु भएको छ । उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई सहयोग गर्न कटिबद्ध रहेकोसमेत जानकारी दिनु भएको छ ।

युक्रेनका लागि अमेरिकी समर्थनको पुष्टि गर्दै उहाँले आगामी दिनमा अमेरिकाले युक्रेन विरुद्ध रुसको युद्धका समर्थकलाई लक्षित गरी महत्वपूर्ण प्रतिबन्धको घोषणा गर्ने जनाउनु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार