असार २१, २०८२ शनिबार July 5, 2025

कोप–२९ लाई अर्थपूर्ण बनाउन आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० कात्तिक : आज वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना हुने भएको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा सिन्धुप्रसाद ढुङ्गानाले आगामी नोभेम्बर ११ देखि २२ तारिख (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) लाई अर्थपूर्ण बनाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

“आगामी कोपमा प्रस्तुत गरिने विषयवस्तुमा सुझाव माग्ने र यसले कोप २९ मा नेपालको सहभागितालाई अर्थपूर्ण तथा राष्ट्रिय एजेन्डा बनाउनका लागि सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो, “बिहान प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने छ, मन्त्रालयका सचिव डा दीपककुमार खरालले कोप–२९ का बारेमा प्रस्तुतीकरण गर्नुहुने छ, त्यसपछि जलवायु वित्त, हानि–नोक्सानी, पर्वतीय क्षेत्र, जलवायु लैङ्गिक मुद्दालगायत सातओटा क्षेत्रगत विषयमा छलफल हुनेछ ।” उहाँले कोप–२९ मा लैजाने एजेन्डालाई अझै बढी प्रभावकारी बनाउन छलफल भएको सम्मेलनले सहयोग गर्ने बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार