श्रावण ९, २०८३ शनिबार July 25, 2026

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी

गभर्नर रमेश अधिकारीद्वारा क्याबिनेट विस्तार तीव्र, अब पोखरामा गण्डकी–धौलागिरी कार्यक्रम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ का लागि संगठनात्मक संरचनालाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यसहित क्याबिनेट विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ। नवनिर्वाचित डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा काठमाडौंमा आयोजित विशेष औपचारिक समारोहमार्फत बागमती क्षेत्रअन्तर्गतको क्याबिनेट विस्तार कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो। कार्यक्रममा क्लबबाट डिस्ट्रिक्ट तहमा प्रतिनिधित्व गर्ने ५४५ भन्दा बढी लायन्स सदस्यलाई विभिन्न विभागीय तथा संगठनात्मक जिम्मेवारी प्रदान गरिएको छ।

कार्यक्रममा लायन्सका वरिष्ठ व्यक्तित्व, पूर्व डिस्ट्रिक्ट गभर्नर, विभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारी, सामाजिक अभियन्ता र देशभरबाट आएका लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहलाई आगामी कार्यकालको नेतृत्व, सेवा अभियान र संगठन विस्तारको दृष्टिले विशेष महत्वका साथ हेरिएको छ।

गत वैशाख १२ गते काठमाडौंमा सम्पन्न लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको चौथो राष्ट्रिय अधिवेशनबाट रमेश अधिकारी डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका थिए। त्यसैगरी, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा विष्णुहरी फुयाल तथा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा हसनकुमार गोपाली निर्वाचित भएका थिए। निर्वाचनपछि गभर्नर अधिकारीले संगठनलाई थप प्रभावकारी, उत्तरदायी, अनुशासित र सेवामूलक ढंगले अघि बढाउने प्रतिबद्धतासहित आफ्नो प्रारम्भिक क्याबिनेट टिम घोषणा गरेका थिए।

प्रारम्भिक क्याबिनेट संरचनाअनुसार डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा गणेश जिसी, कोषाध्यक्षमा चुडामणि सिलवाल, डिस्ट्रिक्ट एक्जक्युटिभ काउन्सिलरमा ज्ञानु बुर्लाकोटी, डिस्ट्रिक्ट चिफ एडभाइजरमा मिनराज काफ्ले, पीआरओ इन चिफमा सुरेन्द्रबाबु श्रेष्ठ, चिफ एडमिनिस्ट्रेटरमा मुना थापा तथा गभर्नर थीम चिफमा श्रीकृष्ण मानन्धरलाई जिम्मेवारी प्रदान गरिएको छ।

यसैगरी, डिस्ट्रिक्ट चिफ एओजीमा महेश पौडेल, मिसन १.५ चिफमा महाप्रसाद पाण्डे, चिफ एक्जक्युटिभ एडभाइजरमा काजीमान गुरुङ तथा चिफ एक्जक्युटिभ को-अर्डिनेटरमा बसन्त गिरीलाई मनोनयन गरिएको छ।

क्याबिनेट सेक्रेटरी गणेश जिसीका अनुसार बागमती क्षेत्रको क्याबिनेट विस्तार कार्यक्रममा ५४५ भन्दा बढी लायन्स सदस्यलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको हो। संगठनलाई अझ गतिशील, समन्वयात्मक र परिणाममुखी बनाउन अनुभवी, सक्रिय तथा सेवामुखी सदस्यलाई जिम्मेवारी दिइएको उनले बताए। उनका अनुसार नयाँ कार्यसमितिले आगामी कार्यकालमा सदस्यता अभिवृद्धि, नेतृत्व विकास, सेवा परियोजना विस्तार तथा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नेछ।

नवनिर्वाचित गभर्नर रमेश अधिकारीले लायन्सलाई आधुनिक सोच, प्रविधिमैत्री कार्यशैली, युवा नेतृत्व र सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाइने बताए। उनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, मानवीय सहायता तथा समुदाय केन्द्रित सेवा कार्यक्रमलाई आगामी कार्यकालका मुख्य प्राथमिकता बनाइने उल्लेख गरे। साथै उनले संगठनभित्र पारदर्शिता, सहकार्य र अनुशासनलाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, आगामी मंगलबार पोखरामा गण्डकी र धौलागिरी क्षेत्रको संयुक्त क्याबिनेट विस्तार कार्यक्रम आयोजना गरिने तयारी गरिएको जानकारी दिइएको छ। उक्त कार्यक्रममा पनि ठूलो संख्यामा लायन्स सदस्यलाई विभिन्न जिम्मेवारी प्रदान गरिने गभर्नर अधिकारीले बताए। संगठनले चरणबद्ध रूपमा क्याबिनेट विस्तार गर्दै आगामी लायन वर्ष २०२६/२७ लाई थप प्रभावकारी, सक्रिय र उपलब्धिमूलक बनाउने रणनीति अघि सारेको जनाएको छ।

त्यसैगरी, नयाँ जिम्मेवारी प्रदान गरिएसँगै जेठ २२, २३ र २४ गते चितवनमा ‘क्याबिनेट अफिसर्स स्कुलिङ’ कार्यक्रम आयोजना गरिने भएको छ। उक्त प्रशिक्षण कार्यक्रममा नव नियुक्त पदाधिकारीलाई संगठन सञ्चालन, नेतृत्व विकास, प्रशासनिक व्यवस्थापन, सेवा परियोजना सञ्चालन तथा लायन्सको अन्तर्राष्ट्रिय कार्यप्रणालीबारे विशेष प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

स्मरण रहोस्, १९१ वटा क्लब आबद्ध रहेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपाल पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीको होम डिस्ट्रिक्टका रूपमा समेत परिचित रहेको छ। नेपालको लायन्स अभियानलाई अन्तर्राष्ट्रिय स्तरसम्म स्थापित गर्न बुर्लाकोटीले खेलेको भूमिकाका कारण पनि यो डिस्ट्रिक्टलाई विशेष महत्वका साथ हेरिने गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार