असोज १२, २०८३ सोमबार September 28, 2026

लायन्स डिस्ट्रिक ३२५ ‘के’ नेपालको गभर्नरमा रमेश अधिकारी निर्वाचित

प्रथम भाइस डिष्ट्रिक गभर्नरमा बिष्णुहरी फुयाल र द्धितिय भाइस डिष्ट्रिक गभर्नरमा हसन कुमार गोपाली बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘के’ नेपालमा नयाँ नेतृत्व चयन भएको छ। राजधानीमा सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट रमेश अधिकारी गभर्नरमा निर्वाचित भएका छन्। लायन बर्ष २०२६-२७का लागि सम्पन्न अधिवेशनले नयाँ नेतृत्वसहित संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनबाट फस्ट भाइस डिष्ट्रिक गभर्नरमा बिष्णुहरी फुयाल र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा हसन कुमार गोपाली निर्वाचित भएका छन्। नवनिर्वाचित गभर्नर अधिकारीले आफ्नो क्याबिनेट टिम घोषणा गर्दै संगठनलाई प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

घोषित क्याबिनेटअनुसार डिस्ट्रिक क्याबिनेट सेक्रेटरीमा गणेश जिशी र कोषाध्यक्षमा चुडामणी सिलवाल मनोनित भएका छन्। साथै डिस्ट्रिक्ट एक्जक्यूटिभ काउन्सिलरमा ज्ञानु बुर्लाकोटी, डिस्ट्रिक्ट चिफ एडभाइजरमा मिनराज काफ्ले, पीआरओ इन चिफमा सुरेन्द्र बाबु श्रेष्ठ, चिफ एडमिनिस्ट्रेटरमा मुना थापा तथा गर्भनर थीम चिफमा श्रीकृष्ण मानन्धरलाइ मनोनयन गरिएको छ।

यसैगरी डिस्ट्रिक्ट चिफ एओजीमा महेश पौडेल, मिसन १.५ चिफमा महाप्रसाद पाण्डे, चिफ एक्जक्यूटिभ एडभाइजरमा काजीमान गुरुङ र चिफ एक्जक्यूटिभ को-अर्डिनेटरमा बसन्त गिरीलाई जिम्मेवारी दिइएको छ। नयाँ टिमले सामाजिक सेवा, नेतृत्व विकास र समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने गर्भनर अधिकारीले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार