असार २१, २०८२ शनिबार July 5, 2025

इजरायलको आक्रमणबाट इरानका तेल संरचना जोगिएपछि तेलको मूल्य घट्यो

तेलको मूल्य प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा कारोबार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलले इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि हप्ताको सुरुवातमै एशियाली कारोबारमा तेलको मूल्य घटेको छ ।

इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ ।

इजरायलले हप्ताको अन्त्यमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको थियो । तर इरानले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै आक्रमणको प्रभावलाई कम आंकलन गरेको खबरमा उल्लेख छ ।

यसले आउने दिनमा पनि तेलको जोखिम महसुलमा निरन्तर घटाउने अवस्था सिर्जना गरेको विश्लेषकहरुले बताएका छन् । उनीहरुका अनुसार तनाव थप कम भएमा तेलको मूल्यमा निरन्तर गिरावट हुने सम्भावना छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार