भाद्र ११, २०८३ बिहिबार August 27, 2026

अनियमितताको अखडाः मेलम्ची खानेपानी आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं उपत्यकाको खानेपानी अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न तथा काठमाडौं, मेलम्ची र मण्डन उपत्यकावासीको जनस्वास्थ्य, जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसाथ आयोजना सुरु गरिएको थियो।

इटालीको निर्माण कम्पनी सीएमसी परामर्शदाता एवं आयोजनालाई जानकारी नदिई २०७५ मंसिर २९ मा निर्माणस्थल छोडी जाँदा करिब आठ महिना निर्माण कार्य अवरुद्ध भएको थियो।

खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुरसँग कमिसनमा कुरा नमिलेपछि सीएमसीले निर्माण छोडेर गएको हो। सीएमसीसँगको सम्झौता २०७५ माघ २४ मा रद्द गरिएको थियो। त्यसपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माण कार्य गरिरहेको छ।

सम्झौताविपरीत विदेशी मुद्रामा भुक्तानी

समिति र निर्माण कम्पनी (सीएमसी)बीच २०७० असार ३१ मा सबै रकम स्थानीय मुद्रामा भुक्तानी गर्नुपर्ने सम्झौता भएको थियो। तर निर्माण व्यवसायीलाई प्रोभिजनल समबाट २ अर्ब ९५ करोड ८९ लाख ३५ हजार भुक्तानी गर्दा ७१.९ प्रतिशत रकम विदेशी मुद्रामा भुक्तानी गरिएको छ।

जसले नेपाल सरकारलाई विनिमय नोक्सानी बापत २१ करोड १३ लाख ७ हजार थप व्ययभार परेको छ। त्यो रकम असुलउपर गर्न महालेखाले निर्देशन दिएको छ।

बढी भुक्तानी

निर्माण व्यवसायीलाई १५ प्रतिशत बढी भुक्तानी दिने व्यवस्था छ। तर, २० प्रतिशत बढी भुक्तानी दिएको पाइएको छ। निर्माण व्यवसायीलाई ४६औं बिलसम्म ८ करोड १ लाख ४७ हजार बढी भुक्तानी भएको पाइएको छ। त्यो रकम पनि असुल गर्न सिफारिस गरिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार