असोज २८, २०८३ बुधबार October 14, 2026

ग्यास भण्डारणगृह निर्माणको अध्ययन सुरु

एक महिनाको माग धान्ने गरी ५० हजार मेट्रिक टन ग्यास भण्डारणगृह निर्माण गर्न प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २८ गते । ग्यास आपूर्तिलाई दीर्घकालीन रूपमा दिगो र सुरक्षित बनाउन सरकारले ग्यास भण्डारणगृह निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । उपभोक्ताले बारम्बार भोग्ने ग्यासको समस्या समाधान गर्ने गरी ग्यासको आपूर्ति नियमित गर्न भण्डारणगृह निर्माणका लागि अध्ययन प्रक्रिया सुरु गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ऊर्जा सुरक्षालाई ध्यानमा राखेर ग्यास भण्डारणगृह निर्माण गर्ने गरी अध्ययन सुरु गरिएको जनाएको छ । अहिले निजी क्षेत्रसँग १० हजारदेखि १२ हजार मेट्रिक टन बुलेटमार्फत ग्यास भण्डारण गर्ने क्षमता रहे पनि सरकारसँग नभएकाले यस विषयमा अध्ययन सुरु गरिएको हो । सरकारसँग ग्यास भण्डारण नहुँदा आपूर्तिमा सामान्य अवरोध हुँदा पनि बजारमा ग्यासको अभाव हुने गर्छ । नेपाल आयल निगमले ग्यास खरिद आदेश (पिडिओ) जारी गर्ने र निजी क्षेत्रले भारतबाट ग्यास ल्याएर बजारमा वितरण गर्ने आपूर्ति व्यवस्था छ ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले ग्यासको भण्डारण गर्न सकिन्छ कि भनेर नेपाली सेनाको कल्याणकारी कोषका सञ्चालकसँग छलफल गरिएको जानकारी दिनुभयो । “बिजुलीमा अझै पनि पूर्ण रूपमा भरपर्दो नहुँदा ग्यासलाई तत्काल विस्थापन गर्न कठिन छ,” उहाँले भन्नुभयो, “पाइप लाइनबाट ग्यास ल्याउने र निजी क्षेत्रमार्फत पनि भण्डारण बढाउने विषयमा छलफल भइरहेको छ ।”

साल्ट टे«डिङ कर्पोरेसनमार्फत अहिले भइरहेको ग्यासको क्षमता बढाउने विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । अहिले निजी क्षेत्रका ५९ उद्योगले भारतका विभिन्न रिफाइन केन्द्रबाट ग्यास आयात गरिरहेका छन् । ग्यास आयात भारतीय बुलेटले गर्ने गरेका छन् ।

नेपाल आयल निगमले भारतको मोतीहारीदेखि सर्लाहीसम्म पाइप लाइन निर्माण गर्ने गरी इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई प्रस्ताव गरेको छ । सर्लाहीसम्म पाइप लाइनमा ग्यास ल्याउने र भण्डारणगृह निर्माण गर्ने गरी प्रस्ताव गरिएको निगमले जनाएको छ ।

निगमका एलपिजी ग्यास वितरण विभाग प्रमुख विनीतमणि उपाध्यायले पाइप लाइन निर्माणका लागि गरिएको प्रस्तावमा आइओसीका तर्फबाट सकारात्मक प्रतिक्रिया आएको जानकारी दिनुभयो । आइओसीका तर्फबाट जग्गाको सर्भे रिपार्ट मागिएको र त्यो एक हप्ताभित्रमा पठाउने उहाँले जानकारी दिनुभयो । एक महिनाको माग धान्ने गरी ५० हजार मेट्रिक टन ग्यास भण्डारणगृह निर्माण गर्न प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

सर्लाहीमा निगमको आफ्नै १४ बिघा जग्गा छ । ५० हजार मेट्रिक टन क्षमताको भण्डारणगृह र उक्त भण्डारण स्थलमा दैनिक एक सय वटा ग्यास बुलेट लोड र अनलोड गर्न सक्ने अत्याधुनिक बुलेट लोडिङ गर्ने (टिएलएफ सेड) समेत निर्माण गर्ने तयारी छ ।

प्रस्तावित ग्यास पाइप लाइन तथा भण्डारण परियोजनाको प्राविधिक डिजाइनको काम सुरु भएको निगमले जनाएको छ । निगमले आइओसीलाई पठाएको माग तथा विवरणका आधारमा आइओसीले अहिले पाइप लाइन, टर्मिनल तथा भण्डारण क्षमतासम्बन्धी डिजाइनको काम गरिरहेको छ । पाइप लाइन तथा पूर्वाधार निर्माणका लागि लगानीको मोडालिटी भने अझै तय भइनसकेको निगमले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७३/७४ का लागि स्वीकृत गरेको नीति तथा कार्यक्रम अनुसार ९० दिनका लागि पुग्ने इन्धन भण्डार गर्न भण्डारणगृह निर्माण गर्ने भनिएको थियो तर अहिले निगमसँग १२ दिनलाई पुग्ने गरी एक लाख पाँच हजार किलोलिटर क्षमताको (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल) भण्डारणगृह छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहमहामन्त्रीमा विजयी भएपछि बहादुरसिंह लामाले भने-प्रतिनिधिको विश्वासलाई कर्मबाट प्रमाणित गर्छु
२०८३ असोज २८, बुधबार
अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो
२०८३ असोज २८, बुधबार
रास्वपाले केन्द्रीय कार्यालयका लागि काठमाडौंमा ३ रोपनीभन्दा बढी जग्गा खोज्दै
२०८३ असोज २८, बुधबार
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार
प्रस्तावित राजदूत खरेलको संसदीय सुनुवाइ होल्ड
२०८३ असोज २८, बुधबार
१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड बजेट विनियोजन
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री बालेन शाहद्वारा काभ्रेको पलाञ्चोक भगवती मन्दिरको दर्शन
२०८३ असोज २८, बुधबार