जेठ ३०, २०८२ शुक्रबार June 13, 2025

राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार

अन्तर्राष्ट्रिय कानून अन्तर्गत कब्जा गर्ने शक्तिले कब्जा गरिएको क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सहयोग गर्ने सहमतिको कार्यान्वयन गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राष्ट्रसङ्घ, १४ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए) लाई प्रतिवन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गर्नुभएको छ ।

इजरायली संसदले अनुमोदन गरेको उक्त कानुनले राष्ट्रसङ्घीय निकायलाई इजरायलमा सञ्चालनको प्रतिबन्ध लगाई इजरायली अधिकारीसँग सञ्चार तथा समन्वय गर्नबाट रोकेको छ । यसले गाजाका प्रभावित क्षेत्रमा सञ्चालित मानवीय सहायतालगायतको काम समाप्त गर्न सक्छ ।

इजरायल लामो समयदेखि युएनआरडब्लुएसँग मतभेदमा रहेको छ । गत अक्टोबरमा गाजामा युद्ध सुरु गर्ने हमास हमलामा युएनआरडब्लुए केही कर्मचारीहरू संलग्न रहेको आरोप लगाएको छ । प्रतिबन्ध तीन महिनाभित्र सुरु हुने बताइएको छ ।

पत्रमार्फत गुटेर्रेसले गाजा र वेस्ट बैङ्कका प्यालेस्टिनीका लागि कानूनले ‘विनाशकारी परिणाम’ निम्त्याउन सक्ने बताउदै प्रभावितलाई आवश्यक सहायता प्रदान गर्न युएनआरडब्लुएको उचित विकल्प नभएको बताउनुभएको छ ।

गुटेर्रेसले इजरायललाई विनाशकारी परिणाम रोक्न र युएनआरडब्लुएलाई पूर्वी जेरुसेलम लगायतका प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय कानून अन्तर्गतका दायित्व र गतिविधि जारी राख्न अनुमति दिन आग्रह गर्नुभएको छ ।

गुटेर्रेसले अन्तर्राष्ट्रिय कानून अन्तर्गत कब्जा गर्ने शक्तिले कब्जा गरिएको क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई सहयोग गर्ने सहमतिको कार्यान्वयन गर्नुपर्ने तर्कसमेत गर्नुभएको छ ।

इजरायलले प्यालेस्टिनी क्षेत्रका आवश्यकता पूरा गर्ने स्थितिमा नहुँदासम्म युएनआरडब्लुएलगायत अन्य मानवीय निकायमार्फत हुने गतिविधिलाई अनुमति दिने दायित्व रहेको उल्लेख गर्नुभएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया