भाद्र ११, २०८३ बिहिबार August 27, 2026

केन्द्रीय समितिबाट ओली हटाउन कस्सिए प्रचण्ड-माधव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल खेमा स्थायी समितिबाट केन्द्रीय समिति बैठक आह्वान गर्ने रणनीतिमा लागेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुवै पद नछाड्ने अडानमा उभिएपछि प्रचण्ड-माधव समूह केन्द्रीय समिति बैठक बोलाउने तयारीमा जुटेको हो । स्रोतका अनुसार, बिहीबारको त्रिपक्षीय छलफल निष्कर्षविहीन बनेपछि प्रचण्डनिवास खुमलटारमा २०७७ साउन १ गते साँझ उनीपक्षीय नेताबीच छलफल भएको थियो ।

छलफलले  स्थायी समितिकाे साउन २ गते बैठकबाट केन्द्रीय समिति बैठक आह्वान गर्ने र केन्द्रीय समितिमा बहुमत देखाएर ओलीलाई पार्टी निर्णय मान्न बाध्य पार्नुपर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिए ।

यसअघिका बैठक बालुवाटारमा बस्ने गरे पनि अबको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय पनि प्रचण्ड- माधव गुटले गरेको स्राेत   बताँउछ ।

नेकपा केन्द्रीय समितिमा ओली पक्षा अल्पमतमा रहेकाे छ । स्थायी समितिमा पनि अध्यक्ष ओलीकाे  अवस्था सुदृढ छैन । स्थायी समितिको यसअघि बसेको बैठकमा अधिकांश नेताले प्रधानमन्त्रीले दुवै पद त्याग्नुपर्ने माग गरेका थिए । केन्द्रीय समितिमा पनि करिब करिब यस्तै सिनारियो देखिने आकलन गरिएको छ ।

तर, ओली संसदीय दल सामना गर्ने मनस्थितिमा पुगेका छन् । उनले २०७७ साउन १ गते  बिहीबारको त्रिपक्षीय नेताकाे बैठकमा आफूले दुवै पद नछाडने बरु संसदीय दल सामना गर्ने जवाफ दिइसकेका छन् । स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहेका ओली पक्ष संसदीय दलमा भने बहुमत पुग्ने बताइन्छ । साँघुबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार