मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

स्पेनको भीषण बाढीमा ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोकको घोषणा

बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्पेनको दक्षिणी शहर भ्यालेन्सियामा आएको भीषण बाढीमा परेर हराइरहेको खोजी गर्न आपत्कालीन सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

९५ जनाको मृत्यु हुनेगरी आएको बाढीले भत्काएका संरचनाहरुको भग्नावशेषहरु हटाउदै उद्दारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन् ।

बाढीमा परेर कतिजना हराएका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि सेनाले संभाव्य स्थानहरुमा खोजी भइरहेको जनाएको छ ।

स्पेनको दक्षिणी शहर भ्यालेन्सियामा हिजो बाढी आएपछि राति देखि नै उद्दारकार्यलाई निन्तरता दिइएको छ । बाढीले सडकहरु बगाएको छ भने कयौं घर र कारहरु डुवाएको छ ।

Spain's deadliest floods in decades kill at least 95 people as year of rain  falls in a day in Valencia | Irish Independentआकस्मिक विपदको घटना पछि स्पेन सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

यसैबीच, स्पेनी अधिकारीहरूले बिहीबार बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन्।

बुधबार आएको बाढीमा परी कम्तीमा ९५ जनाको ज्यान गएको र बाढीमा बाँचेकाहरूको खोजीका लागि उद्धारकर्मीहरूले युद्धस्तरमा काम गरिरहेका समय सरकारी अधिकारीले बाढीको जोखिमबाट बच्न घरबाट बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

Almost a hundred dead in Spain's 'floods of the century': 'The water came  all at once, like a tsunami'स्पेनको पूर्वी शहर भ्यालेन्सिया आसपासका क्षेत्रमा आएको बाढीले तहसनहस पारेका शहरहरुमा ड्रोनसहित उद्धारकर्ताले खोजी जारी राखिरहेका छन् भने स्पेनले विपत्तीमा परी मृत्यु हुनेको सम्झनामा तीन दिनको शोकको घोषणा गरेको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकलाई आपतकालीन सेवाहरूको आग्रहलाई अनुसरण गर्न र अतिआवश्यक काममाबाहेक घरबाहिर नजान आग्रह गर्नुभएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती पुलमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु, दुई घाइते
२०८३ मंग्सिर ३, बिहिबार
विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड
२०८३ मंग्सिर ३, बिहिबार
‘एमालेको प्राथमिकता पार्टी एकता, लोकतन्त्रको रक्षा र स्थानीय निर्वाचन’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)
२०८३ मंग्सिर ३, बिहिबार
चितुवा र दुम्सीको आतङ्कले दमेकका किसान चिन्तित
२०८३ मंग्सिर ३, बिहिबार
सुनको मूल्य तोलामै ३ हजार ३०० रुपैयाँले घट्यो
२०८३ मंग्सिर ३, बिहिबार
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार