असार १०, २०८२ मंगलबार June 24, 2025

उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि क्षेप्यास्त्र अभ्यास गर्‍दै दक्षिण कोरिया

‘उत्तर कोरियाली उक्साहटको दृढतापूर्वक जवाफ दिने दृढ सङ्कल्प प्रदर्शन’ गर्न लक्षित दक्षिण कोरिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोल, कात्तिक २३ गते । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको छ ।

आणविक–सशस्त्र उत्तरले गत दुई साता छुट्टाछुट्टै अभ्यासमा आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली ठोस–इन्धन अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) र केही छोटो दूरीका बैलिस्टिक क्षेप्यास्त्रहरू परीक्षण गरेको थियो ।

दक्षिण कोरियाली सैन्य कमान्डले गरेको लाइभ–फायर अभ्यास ‘उत्तर कोरियाली उक्साहटको दृढतापूर्वक जवाफ दिने दृढ सङ्कल्प प्रदर्शन’ गर्न लक्षित रहेको बताएको छ ।

ज्वाइन्ट चिफ्स अफ स्टाफले अभ्यासले ‘शत्रुको उक्साहटको स्रोतविरुद्ध सटीक आक्रमण गर्ने क्षमता र तयारी’ पनि रहेको बताएको छ ।

सैन्य कमान्डका अनुसार अभ्यासमा पश्चिमी समुद्रमा ह्युनमु सतह–देखि–सतह छोटो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।

दक्षिण कोरियाले उत्तर कोरियाबाट उत्पन्न खतराको सामना गर्न सन् १९७० को दशकमा छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रको स्वदेशी उत्पादन सुरु गरेको थियो ।

ह्युनमु क्षेप्यास्त्रहरूको एक शृङ्खला हो । यो मुलुकको कथित ‘किल चेन’ पूर्व–आक्रमणात्मक प्रहार प्रणालीको मुख्य हिस्सा हो । यसले सोललाई उत्तर कोरियाली आक्रमणको तत्काल सङ्केत देखिएमा पूर्व–आक्रमणात्मक आक्रमण गर्न अनुमति दिन्छ ।

अक्टोबरको सुरुमा देशले पहिलो पटक आफ्नो सबैभन्दा ठूलो ब्यालिस्टिक क्षेप्यास्त्र ह्युनमु–५ प्रदर्शन गरेको थियो । यो क्षेप्यास्त्र भूमिगत बङ्करहरू नष्ट गर्न सक्षम छ ।

गत आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाले उत्तरको आइसिबिएम प्रक्षेपणको जवाफमा अमेरिकी बी–१बी बमवर्षक, दक्षिण कोरियाली एफ–१५के र केएफ–१६ लडाकू जेट तथा जापानी एफ–२ जेटहरू समावेश गरी संयुक्त हवाई अभ्यास गरेका थिए ।

यस्ता संयुक्त अभ्यासले प्योङयाङलाई आाक्रोशित तुल्याउँछ । उत्तरले यसलाई आक्रमणको पूर्वाभ्यासका रूपमा हेर्ने गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी एवं प्रमुख प्रवक्ता किम यो जोङले अमेरिका–दक्षिण कोरिया–जापान अभ्यासलाई ‘हाम्रो मुलुकप्रति शत्रुको सबैभन्दा शत्रुतापूर्ण र खतरनाक आक्रामक प्रकृतिको कार्य–आधारित व्याख्या’ भन्नुभएको छ ।

“यो अभ्यास हामीले छनोट गरेको र कार्यान्वयन गरेको आणविक शक्ति निर्माण गर्ने रेखाको वैधता र आवश्यकताको पूर्ण प्रमाण थियो”, उहाँले भन्नुभयो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार