श्रावण १२, २०८१ शनिबार July 27, 2024

‘एक वर्षमा नै ‘ब्रेक इभन’ गरिसक्छौं’ –सरोज महत,चौघडा,एग्रो अर्गानिक प्रालि प्रमुख कार्यकारी अधिकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट जिल्ला कृषि क्षेत्रका लागि प्रख्यात मानिएको भएपनि पछिल्लो समय कृषि सम्बन्धि उत्पादनहरु क्रमशः घट्दै गैरहेको अवस्था छ । कतिपय स्थानमा जग्गाजमीन बाझिएर उब्जनी हुन सकिरहेको छैन भने कतिपय स्थानमा कृषि सम्बन्धि ज्ञान नभएका कारण पनि सोचेजस्तो उत्पादन हुन सकिरहेको छैन । जिल्लामा नाम चलेका उब्जनी हुने फाँटहरु रहेका छन्,तर त्यसको व्यवस्थापन हुन नसक्दा कृषि क्षेत्रको खानी मानिएको क्षेत्रहरु पनि विस्तारै सेलाउँदै गएको अवस्था छ । उब्जनी भैहाले पनि विषादीका कारण कतिखेर कस्तो रोग लाग्ने हो भन्ने चिन्ताले आम किसानलाई सताउने गर्दछ । न त किसानले बिष बिनाको तरकारी उत्पादन गर्न सक्छन त क खानेले नै अर्गानिक तरकारी वा उब्जनीमा नै चासो दिन्छन । विष र तरकारीको सम्बन्ध यति गहिरो भैसक्यो कि विष विनाको तरकराीको कल्पना ने गर्न सकिदैन । त्यस्तो अवस्थालाई चिर्दै नुवाकोट जिल्लाको माटो, हावापानी र राजधानीबाट समेत नजिक भएकाले नुवाकोट जिल्लालाई साच्चिकै भने जस्तै कृषि हब बनाउनुपर्दछ त्यो पनि अर्गानिक रुपमा भनेर जिल्लाकै केही व्यक्तिहरु सक्रिय रुपमा लागि परेका छन् । कृषि क्षेत्रका लागि प्रख्यात मानिएको लिखु गाउँपालिका –४ चौघडामा जिल्लाकै सबैभन्दा ठुलो कर्षि फर्म सञ्चालनमा आएको छ । चौघडा एग्रो अर्गानिक प्रालिको नामबाट सुरु गरिएको छ । करिब ३ करोड लगानीमा सुरु गरेको सो प्रालिले कृषि खेतीसहित त्यसका लागि चाहिने मल मुत्रका लागि चौपायाँ समेत पाल्ने तयारी गरेको छ । अबको एक वर्षभित्र नुवाकोट जिल्लाको नमुना कृर्षि फार्म बनाउने उदेश्यले सक्रिय रहेको सो संस्थाका तर्फबाट कार्यकारी अधिकृतको रुपमा सक्रिय हुनुहुन्छ,सरोज महत । ललितपुर जिल्ला स्थायी घर भएका महत आजभोलि दैनिक रुपमा नुवाकोट जिल्लाकै उक्कृष्ठ अर्गानिक कृषि फर्म बनाउनेमा तल्लिन हुनहुन्छ । बिहानदेखि बेलुकासम्म उहाको ध्यान कसरी यो फर्मबाट राम्रो र बढि उत्पादन गर्ने भन्नेमा नै केन्द्रीत रहन्छ । उहाको यो सक्रियतासँगै आजभोलि चौघडा एग्रो अर्गानिक कृषि फर्मले गति लिएको छ । एक वर्षभित्र सो कृषि फर्मलाई ब्रेक इभन गर्ने उदेश्यकासाथ सक्रिय महतसँग हालै सञ्चालनमा आएको एग्रो फर्मका विषयमा नुवाकोट पुकारका लागि शुकदेव दाहालले गर्नुभएको कुराकानीका सम्पाशित अंशहरु

१ चौघडा एग्रो अर्गानिक कृषि र्फम कस्तो प्रकारको संस्था हो ?
–एकिकृत कृषि व्यवस्थापन पद्धतीमा रहेर सञ्चालन गरिएको एउटा नितान्त अर्गानिक कृषि फर्म हो । यसमा पशुपालन र कृषिको एकिकृत व्यवस्थापन हुन्छ । कृषिबाट उत्पादित घाँसहरु पशु चौपायाँमा जान्छ र पशु चौपायाबाट आएका मलमुत्रहरु चाँही बोट विरुवाहरुमा जान्छ । हामीले त्यसलाई नै मुख्य जोड दिएर यो फर्म सञ्चालन गरेका हौं ।

२ जम्मा कति रोपनी क्षेत्रफलमा यो फर्म सञ्चालित रहेको छ ?
अहिले हामीले जम्मा २ सय ४० रोपनी क्षेत्रफल जग्गा लिजमा लिएका छौं । त्यसमध्ये ४० रोपनीमा पशुपालन गर्ने,१ सय ५० रोपनीमा बिउ उत्पादन सम्बन्धि काम भैरहेको छ भने ५० रोपनी जग्गामा खाने आलु उत्पादन भैरहेको छ ।

३ हालसम्म यो फर्म सञ्चालनका लागि तपाईहरुले कति लगानी गर्नुभएको छ ?
–हामीले हालसम्म ३ करोड लगानी गरिसकेका छौं । यो लगानी भनेको ३ सय रोपनी जग्गामा रहँदा अनुमानित योजना हो । अगामी दिनमा पशुपालन, डेरी,मल र बाली विभिदिकरणका योजना पनि अपनाएका छौं र लगानी पनि बढाउँदै लैजाने जाने हाम्रो लक्ष्य रहेको छ । यस्तै हामीले ५० रोपनीमा तरकारी खेती,४० रोपनीमा मेवाको योजान अघि सारेका छौं भने धान मकैको योजना रहेको छ भने ललितपुरमा आलुको मुल विउ उत्पादन गर्दछौं । यसले जिल्लाभर नै उन्नत आलुको बिउ प्राप्त हुनेछ ।

४ तपाईहरुले जुन काम गरिरहनु भएको छ त्यसका लागि जनशक्तिको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
–यो अत्यन्त सान्र्दभिक कुरा हो । कृषि क्षेत्रका लागि सबैभन्दा ठुलो चुनौती भनेको नै दक्ष जनशक्ति नपाउनु हो । हामीले त्यसलाई मध्यनजर राख्दै कृषिमा यान्त्रिकरणतर्फ अग्रसर भैरहेका छौं । यसबाट हामीलाई निकै सहज भैरहेको छ र जनशक्तिको अभाव व्यहोर्नु परेको छैन ।
५ मा तपाईहरुसँग कस्ता खालका यान्त्रिकरणहरु उपलब्ध रहेका छन् त ?
–हालसम्म हामीले धान काट्ने मेसिन,खेत जोत्ने मेसिन,गोड्ने मेसिन,औषधी छर्ने मेसिन,मकै रोप्ने र गोड्ने,आलु खन्ने र गोड्ने लगायतका मेसिनहरु ल्याएका छौं । यो हाम्रो लागि मात्रै होइन हामीले ‘कस्टम हायर सेन्टर’का रुपमा अन्य किसानहरुलाई पनि भाडामा उपलब्ध गराउदै आएका छौं ।
६ कृषि क्षेत्रका लागि यति ठुलो लगानी गर्नुभएको छ,कति वर्षमा लगानी उठाउने योजना रहेको छ ?
–हामीले सोचेजस्तो काम गर्न सकियो भने र समयले साथ दियो भने एक वर्षमा नै‘ब्रेक इभन गर्ने लक्ष्य रहेको छ । हुनत व्यवसायिक रुपमा लगानी उठाउनका लागि कम्तीमा तीन वर्ष काम गर्नुपर्दछ भन्ने मान्यता रहे पनि हामी एक वर्षमा नै ब्रेक इभन गर्ने लक्ष्यमा छौं ।

७ यो वर्ष कति उत्पादनको लक्ष्य राख्नु भएको छ ?
–यो वर्ष हामीले ६ सय मेक्टिटन आलु, १ सय मेक्टिटन धान र २ सय मेक्टिटन गेडागुडी उत्पादनको लक्ष्य लिएका छौं ।
८ तपाईहरुले चौघडालाई नै रोज्नुको कारण के हुनसक्छ ?
–हामीले जहाँ काम सुरु गरेका छौं,त्यो ठाउँ विभिन्न कारणले उपयुक्त रहेको छ भन्ने बुझेर नै हामीले काम सुरु गरेका हों । पहिलो कुरा यहाँ सिँचाईको राम्रो व्यवस्था रहेको छ, दोस्रो कुरा समथर भु–भाग रहेको छ भने तेस्रो कुरा हावापानी सबै हिसाबले उत्पादनका लागि उपयुक्त स्थान छ भनेर यो ठाउँ रोजेका हौं ।
८ नुवाकोट जिल्लामा व्यवसायिक रुपमा यति ठुलो फर्म सुरु गरिएको छ,यसले सिंगो नुवाकोटबासीलाई के सन्देश दिनसक्छ ?
–नुवाकोटबासीका लागि पनि यो ठुलो अवसर हो भन्ने मलाई लागेको छ । नुवाकोटका अधिकांश भागमा सबै सिजनमा आलू खेती गरिन्छ,तर गुणस्तरीय आलु उतपादन हुन सकिरहेको छैन । आलुलाई तरिका मिलाएर र उन्नत बिउ रोप्न सकियो भने तीनचार गुणा आलु उत्पादन गर्न सकिन्छ ,त्यसका लागि पनि हामीले किसानलाई उन्नत बिउ दिनका लागि पनि काम गरिरहेका छौं । यसबाट जिल्लाबासीले लाभ लिनसक्छन भन्ने हाम्रो बुझाई हो । यस्तै अर्को कुरा हामीले अबको एक दुई वर्षभित्र ‘एग्रो टुरिजम’लाई पनि प्राथमिकतामा राखेका छौं । हामीले उत्पादन गरेका कृषिजन्य वस्तुहरु तथा हाम्रा फार्महरु अबलोकन गर्नका लागि पनि पर्यटकहरुलाई यहा ल्याउने मनोरञ्जन दिने र पर्यटकको विकास गर्ने योजना पनि हामीले अघि सारेका छौं । यसबाट समग्र कृषि क्षेत्रको विकासमा अझ गति दिन सकिन्छ भन्ने हाम्रो बुझाई रहेको छ ।
९ नुवाकोट जिल्लामा एउटा नमुनाको रुपमा काम गरिरहनुभएको छ, स्थानीय निकायबाट कस्तो सहयोग प्राप्त भएको छ ?
–हामीले जुन हिसाबले काम गरिरहेका छौं । हाम्रो यो अभियानमा सरोकारवाला निकाय जस्तो गाउँपालिका,वडा कार्यालय,प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना लगायतका
संस्था साथै स्थानीय रुपमा पनि आवश्यक सहयोग प्राप्त भैरहेको छ । कृषि क्षेत्रको विकास र विस्तारका लागि हाम्रो यो अभियानमा स्थानीय निकायले आफ्नै अभियानको रुपमा सहयोग गरेको मैले पाएको छ । यसबाट हामीलाई सुरक्षित वातावरण तयार भएको छ । नुवाकोट पुकार साप्ताहिकबाट साभार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार