असार २४, २०८२ मंगलबार July 8, 2025

कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्नुपर्छ: जेलेन्स्की

मस्कोले कब्जा गरेको युक्रेनी भूमि किएभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष कूटनीतिक माध्यमबाट रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन् ।

उनले अर्को वर्ष डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदको कार्यभार सम्हाल्नेबित्तिकै यो द्वन्द्व पहिलेभन्दा छिट्टै अन्त्य हुने बताएका हुन् ।

युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ । हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ । यो धेरै महत्त्वपूर्ण छ ।’

रूस र युक्रेनबीच कुनै अर्थपूर्ण वार्ता भएको छैन, तर ट्रम्पको राष्ट्रपति पदले द्वन्द्वको भविष्यमाथि प्रश्न उठाएको छ । रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताएका छन् ।

जेलेन्स्कीले भने, ‘रूसीहरु के चाहन्छन् भनेर हामीले बुझ्नुपर्छ ।’

रूसतर्फ सङ्केत गर्दै उनले भने, ‘हामीले यस्तो राज्यसँग युद्ध गरिरहेका छौं कि जसले आफ्ना जनताको कदर गर्दैन, जहाँ धेरै उपकरण छन्, जसले कति मानिसहरू मर्छन् भन्ने कुराको वास्ता गर्दैन ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले कब्जा गरेको युक्रेनी भूमि किएभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने बताएका छन् ।

क्रेमलिनले शुक्रबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग फोनमा भएको कुराकानीमा उक्त माग दोहोर्‍याएको जनाएको छ ।

जेलेन्स्कीले पुटिनको सर्त अस्वीकार गरेका छन् ।

मस्को यस वर्षको ग्रिष्मयामदेखि पूर्वी युक्रेनमा निरन्तर अघि बढ्दै पोक्रोभ्स्क र कुराखोभ जस्ता प्रमुख क्षेत्रहरूको नजिक पुगेको छ ।

जेलेन्स्कीले शनिबार रुसी सेनाले ठूलो क्षति व्यहोर्नुपरेको र केही क्षेत्रमा सैन्य कारबाही ‘सुस्त’ भएको बताएका छन् । -रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार