असार २४, २०८२ मंगलबार July 8, 2025

भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण, ‘ऐतिहासिक’ परीक्षणको प्रशंसा

लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेर भारतले ठूलो उपलब्धि हासिल गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, २ मङ्सिर । आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको प्रचार गर्दै रक्षा मन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पु¥याउने भारतीय टोलीको उच्च प्रशंसा गर्नुभएको छ ।

हाइपरसोनिक्स प्रविधि मिसाइल प्रविधिको नयाँ आविस्कार हो । तिनीहरू ब्यालिस्टिक मिसाइलभन्दा कम उड्छन् तर पत्ता लगाउन गाह्रो हुन्छ । हाइपरसोनिक्स मिसाइल लक्ष्यहरूमा छिटो पुग्न सक्दछन्, र मध्य–उडानमा लक्ष्य परिवर्तन गर्न आदेश दिन पनि सकिन्छ ।

संयुक्त राज्य अमेरिका, रुस, चीन र उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरिसकेका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लामो दूरीको हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेर भारतले ठूलो उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

छिमेकी प्रतिद्वन्द्वी चीनले ‘जे–३५ए स्टेल्थ फाइटर जेट’ र ‘अट्याक ड्रोन’ प्रदर्शन गरेर ‘एयर शोमा’ आफ्नो विस्तारित उड्डयन क्षमता प्रदर्शन गरेको केही दिनपछि यो परीक्षण उडान भएको हो । चीनका अनुसार यसमा ब्यालेस्टिक क्षेप्यास्त्र र हाइपरसोनिक ग्लाइड मिसाइललाई रोक्न बनाइएको ‘हेडक्वार्टर–१९’ सतहबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणालीको सुरुवात पनि समावेश छ ।

उक्त हाइपरसोनिक हतियार शनिबार पूर्वी तटको अब्दुल कलाम टापुमा खसेको भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ) ले सार्वजनिक गरेको श्रव्यदृश्यमा देखिएको थियो । उक्त श्रव्यदृश्यमा रातको आकाशमा एउटा पातलो क्षेप्यास्त्र विस्फोट भएको देखिएको छ ।

“यो ऐतिहासिक क्षण हो र यो महत्वपूर्ण उपलब्धिले हाम्रो देशलाई यस्ता महत्वपूर्ण र उन्नत सैन्य प्रविधिको क्षमता भएका चुनिन्दा राष्ट्रहरूको समूहमा राखेको छ,” सिंहले भन्नुभयो । क्षेप्यास्त्रको बारेमा थप विवरण दिइएको छैन ।

नयाँ दिल्लीले हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियासँग क्वाड गठबन्धनसहित पश्चिमी देशहरूसँग रक्षा सहयोगलाई गहिरो बनाएको छ।

अर्बौं डलरको सम्झौतालाई लिएर अमेरिकी प्रतिबन्धको चेतावनीका बावजुद मस्कोको एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत रूसी सैन्य सामग्रीको पनि भारत प्रमुख क्रेता हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार