जेठ २२, २०८३ शुक्रबार June 5, 2026

स्वास्थ्य क्षेत्रमा दाताको सहयोग, मनलाग्दी खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध गराएको १० अर्ब ७० करोड ३७ लाख रुपैयाँको हिसाब पारदर्शी नभएको देखिएको हो ।

जर्मन सरकार सहयोगअन्तर्गतको केएफडब्लूले स्वास्थ्य मन्त्रालयलाई अनुदानमार्फत उपलब्ध गराएको १ अर्ब रुपैयाँबराबरको बजेट लेखापरीक्षण नै नभएको पाइएको छ । जसमध्ये ९ करोड ९२ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले दातासँगको सो रकम तीन निर्माण व्यवसायीलाई स्वास्थ्य संस्था भवन निर्माणबापत भुक्तानी गरेको जनाए पनि खर्चको स्रेस्ता लेखापरीक्षणको क्रममा पेस गरिएको छैन ।

बजेट वक्तव्य २०७५(७६ मा पाँच दाताबाट ३३ कार्यक्रमका लागि ७ अर्ब ४४ करोड ८९ लाख रुपैयाँ प्राविधिक सहायताबापत प्राप्त हुने उल्लेख छ । सोको खर्चको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध नगराएको महालेखापरीक्षकको ५७औं प्रतिवेदनले औंल्याएको छ । ९३ करोड ३७ लाख सरकारी संयन्त्रभन्दा बाहिरको सेभ द चिल्डेनमार्फत खर्च भएको छ

यस्तै, भूकम्पबाट क्षति भएको भवन निर्माणका लागि जापान सहयोग नियोगसँग सन् २०१६ फेब्रुअरी १७ मा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीर अस्पतालको पुनर्निर्माणका लागि प्राप्त भएको २ अर्ब २ करोड ८६ लाखको समेत हिसाब किताब नगरिएको प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनमा २ अर्ब २ करोड ८६ लाखको सम्झौतामा भवन निर्माणसमेत सम्पन्न भई हस्तान्तरण भए पनि वार्षिक कार्यक्रम तथा बजेटमा समावेश नगरेको उल्लेख छ । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम २७ मा वैदेशिक सहायताबापत कुनै किसिमको सहायता प्राप्त गर्दा वार्षिक कार्यक्रम वा बजेटमा प्रतिबिम्बित गरी आम्दानी खर्च गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रिय क्षयरोग केन्द्र, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका कार्यक्रमका लागि वस्तुगत सहायतासमेत ९३ करोड ३७ लाख सरकारी संयन्त्रभन्दा बाहिरको सेभ द चिल्डेनमार्फत खर्च भएको छ । सो खर्चको स्रेस्ता लेखापरीक्षणका लागि पेस नै नगरेको देखिएको छ ।

यस्तै, स्वास्थ्य सेवा विभागले वस्तुगत सहायता तर्फ प्राप्त एक अर्व नौं करोड ३५ लाखको लेखा परीक्षण नै नगरिएको प्रतिवेदनमा उल्लेख रहेको आजको राजधानी दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार