असार २४, २०८२ मंगलबार July 8, 2025

गाजामा अराजकता छ: राष्ट्रसंघ

औषधि र अन्य महत्त्वपूर्ण सहयोगको पूर्ण मात्रा तत्काल उपलब्ध गराउन हरेक प्रयास गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्रसंघले शुक्रबार गाजापट्टीमा अराजकता छाएको बताएको छ ।

खाद्यान्न अभाव बढ्दै गएको, लुटपाट व्यापक भइरहेको, आश्रयस्थलहरूमा बलात्कारका घटनाहरू बढिरहेको र सार्वजनिक व्यवस्था बिग्रँदै गएको बताएको हो ।

प्यालेस्टिनी क्षेत्रहरूमा संयुक्त राष्ट्र मानव अधिकार कार्यालय प्रमुख अजित सुङ्घेले विनाशकारी प्यालेस्टिनी क्षेत्रको आफ्नो पछिल्लो भ्रमणको समापन गरेपछि प्यालेस्टिनीहरूले ‘वास्तवमा बुझ्नुपर्ने मात्रामा’ कष्ट भोगिरहेको बताए ।

“यस पटक भोकमरीको व्यापकता देखेर म विशेष गरी चिन्तित भएँ”, सुङ्घेले अम्मानबाट भिडियो–लिंकमार्फत जेनेभामा मिडिया ब्रिफिङमा भने, “सार्वजनिक व्यवस्था र सुरक्षाको विच्छेदले सीमित स्रोतहरूका लागि लुटपाट र संघर्षको परिस्थिति झनै बिकराल बनाएको छ ।”

“हामीले महिनौँअघि चेतावनी दिएको गाजाको अराजकता अब यहाँ छ,” परिस्थितिलाई पूर्ण रूपमा पूर्वानुमान योग्य, दृश्यमान र निवारण योग्य बताउँदै उनले भने ।

धेरै पटक विस्थापित भएका महिलाहरूले आफ्नो अस्थायी टेन्टहरूमा कुनै सुरक्षित ठाउँ वा गोपनीयताको कमी रहेको कुरामा जोड दिएको सुङ्घेले बताए । “अन्यले लैंगिक हिंसा र बलात्कार, बालबालिकाको दुर्व्यवहार र समुदायभित्रका अन्य हिंसाका घटनाहरू युद्ध र कानून प्रवर्तन र सार्वजनिक व्यवस्थाको विच्छेदको परिणाम स्वरूप आश्रयस्थलहरूमा बढेका छन् भनेका छन्,” उनले भने ।

सुङ्गेले गाजा सहरको अवस्थालाई ‘भयानक’ भनेर वर्णन गरे । उनका अनुसार त्यहाँ हजारौँ विस्थापितले ‘गम्भीर खाद्यान्न अभाव र भयानक सरसफाइ अवस्थाका साथ अमानवीय अवस्थामा’ आश्रय लिएका छन् ।

उनले पहिलोपटक दर्जनौँ महिला र बालबालिकालाई घेराबन्दी गरिएको क्षेत्रमा विशाल ल्यान्डफिलमा खाना खोज्दै देखेको बताए । गाजामा विनाशको स्तर ‘अझ खराब हुँदै गइरहेको’ उनले बताए । उनले भने, “मैले भेटेका सबैको साझा अनुरोध थियो कि यसलाई रोक्नुहोस् । यसलाई अन्त्य गर्नुहोस् । पुग्यो ।”

संयुक्त राष्ट्रसंघलाई अझै पनि उत्तरी गाजामा बस्ने ७० हजार मानिसलाई कुनै सहायता पु¥याउन इजरायली अधिकारीहरूद्वारा ‘पटक–पटक बाधा वा मानवीय कन्भोयहरूलाई अस्वीकार’ गरिएकाले रोकिएको उनको भनाइ थियो । “यो धेरै स्पष्ट छ कि ठूलो मात्रामा मानवीय सहायता आउनुपर्छ र त्यो आइरहेको छैन,” उनले भने । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले तत्काल युद्धविराम गर्न आग्रह गरे ।

“हत्या अन्त्य हुनुपर्छ,” उनले भने, “बन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गर्नुपर्छ । मनमानी ढंगले हिरासतमा लिइएका व्यक्तिहरूलाई रिहा गर्नुपर्छ र गाजामा अत्यन्त आवश्यक पर्ने खाद्यान्न, औषधि र अन्य महत्त्वपूर्ण सहयोगको पूर्ण मात्रा तत्काल उपलब्ध गराउन हरेक प्रयास गर्नुपर्छ ।” रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार