असार २१, २०८२ शनिबार July 5, 2025

रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमणमा

युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस र उत्तर कोरियाले आफ्नो सैन्य सम्बन्ध बलियो बनाउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को (रूस), मङ्सिर १४ गते । रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुग्नुभएको रूसी समाचार निकायहरूले जनाएका छन् ।

प्योङयाङको भ्रमणका क्रममा बेलोसोभले उत्तर कोरियाका धेरै ‘सैन्य तथा राजनीतिक नेता’ सँग वार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । उहाँलाई प्योङयाङमा उत्तर कोरियाली समकक्षी नो क्वाङ चोलले स्वागत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस र उत्तर कोरियाले आफ्नो सैन्य सम्बन्ध बलियो बनाएका छन् । उनीहरूले जुनमा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिले आक्रमणको अवस्थामा एकअर्कालाई सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न सहयोग गर्न बाध्य पार्छ ।

अमेरिका र दक्षिण कोरियाले पनि आणविक हतियारद्वारा सुसज्जित उत्तर कोरियाले रूसलाई युक्रेनसँग लड्न मद्दत गर्न दश हजारभन्दा बढी सैनिकहरू पठाएको आरोप लगाएको छ । विज्ञहरूले नेता किम जोङ उन उन्नत प्रविधि र आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक भएको जनाएका छन् ।

आणविक हतियार कार्यक्रम र युक्रेन युद्धका लागि उत्तर कोरिया र रूस दुवै संयुक्त राष्ट्रसङ्घद्वारा लगाएकोे प्रतिबन्धको सामना गरिरहेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार