चैत्र १४, २०८१ बिहिबार March 27, 2025

सिरियाली जिहादी समूहद्वारा अलेप्पोमा आक्रमण

सिरियामा हालसम्म पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेरुत, लेबनान, मङ्सिर १४ गते । जिहादी र उसका टर्की समर्थित सहयोगीहरुले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् ।

बेलायतमा कार्यालय रहेको सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) का अनुसार यस हिंसामा दुई सय ४२ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश दुवै पक्षका लडाकुहरु थिए । मारिने मध्ये २४ जना सर्वसाधारण रहेका छन् र उनीहरु अधिकांश रुसी हवाई आक्रमणमा मारिएका बताइएको छ ।

हिजबुल्लाह र इजरायलबिच यसै हप्ताको सुरुमा छिमेकी लेबनानमा कमजोर युद्धविराम लागू भएको समय सिरिया र यस क्षेत्रका लागि संवेदनशील समयमा आक्रमण सुरु भएको हो । सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध सुरु भएको थियो ।

त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ । पछिल्ला वर्षहरुमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रुस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरुबिच जटिल युद्धमा परिणत भएको छ ।

सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरुका सहयोगीहरु रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम शुरु भएको थियो । सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेका थिए । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल
२०८१ चैत्र १४, बिहिबार
नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ
२०८१ चैत्र १४, बिहिबार
बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको तपाँइको राशिफल
२०८१ चैत्र १४, बिहिबार
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
२०८१ चैत्र १४, बिहिबार
गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२०८१ चैत्र १४, बिहिबार
उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई
२०८१ चैत्र १४, बिहिबार
मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण
२०८१ चैत्र १४, बिहिबार