भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

यूक्रेनमा सशस्त्र समूहद्वारा बसमा रहेका २० व्यक्ति अपहरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पश्चिमी यूक्रेनी शहर लुट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अपहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको छ ।

भोल्यान क्षेत्रको युक्रेनी सुरक्षा सेवा निर्देशनालयको सञ्चार केन्द्रका अनुसार सशस्त्र व्यक्तिले बेरेस्तेच्को-क्रासिलोभ्का मार्गमा रहेको स्थानीय बसलाई नियन्त्रणमा लिई बसभित्र रहेका यात्रुहरूलाई अपहरण गरेको हो ।

“आज बिहान बेरेस्तेच्को-क्रासिलोभ्काबाट एक बसलाई कब्जा गर्ने व्यक्तिको परिचय स्थापित भइरहेको छ । उक्त व्यक्तिले कुनै स्पष्ट मागहरू गरेको छैन । उक्त व्यक्तिले समय–समयमा आफ्नोे बन्दुकबाट गोली चलाएको तर सबै जना सकुशल रहेको ।” केन्द्रलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

क्षेत्रीय प्रहरी कार्यालयले उक्त क्षेत्रमा एउटा अपरेशनल योजना ‘होस्टगेज’ थालिएको छ र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न शहरको मध्यभाग बन्द छ । यसैबीच युक्रेनको फौजदारी अनुसन्धान विभागले उक्त व्यक्तिसँग ग्रेनेड र अन्य स्वचालित हतियारसहित ठूलो संख्यामा हतियार रहेको बताएको छ । उक्त व्यक्तिले शहरमा एउटा विस्फोटक पदार्थ छोडेको आशङ्का गरिएको छ । रासस- सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार