असार २४, २०८२ मंगलबार July 8, 2025

गाजाको अवस्था ‘भयावह र सर्वनाशकारी : राष्ट्रसङ्घ प्रमुख

अन्तरराष्ट्रिय समुदायलाई ‘गाजा र मध्यपूर्वमा दिगो शान्तिको आधार निर्माण गर्न’ आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युद्धग्रस्त गाजाको अवस्था ‘भयावह र सर्वनाशकारी’ भएको बताएका छन् । उनले प्यालेस्टिनीहरूले भोग्नुपरेको अवस्था सबैभन्दा ‘गम्भीर अन्तरराष्ट्रिय अपराध’ हुनसक्ने चेतावनी दिए।

मानवीय सहायता बढाउने उद्देश्यले कायरोमा आयोजित सम्मेलनमा उहाँको तर्फबाट पढिएको टिप्पणीमा उहाँले अन्तरराष्ट्रिय समुदायलाई ‘गाजा र मध्यपूर्वमा दिगो शान्तिको आधार निर्माण गर्न’ आग्रह गरे।

गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी उग्रवादी समूह हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भयो। एएफपीको तथ्याङ्कअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार २०८ को मृत्यु भएको थियो।

इजरायली प्रतिशोधात्मक अभियानले गाजामा गाजाका स्वास्थ्य मन्त्रालयका अनुसार ४४ हजार ४२९ व्यक्तिको मृत्यु भएको छ। यो आँकडालाई संयुक्त राष्ट्रले विश्वसनीय मान्छ।

गुटेरेसले द्वन्द्वको विनाशकारी क्षति र अन्तरराष्ट्रिय कारबाहीको तत्काल आवश्यकतामाथि जोड दिए। “कुपोषण व्याप्त छ, अनिकाल सन्निकट छ। यसैबीच स्वास्थ्य प्रणाली ध्वस्त भएको छ”, उनले भने, “गाजामा अहिले संसारको कुनै पनि ठाउँमा प्रतिव्यक्ति अपाङ्गता भएका बच्चाहरूको सङ्ख्या सबैभन्दा बढी छ, “धेरै जसो बिना एनेस्थेसिया शल्यक्रिया गरिएका छन्।”

महासचिव गुटेरेसले सहायता वितरणमा लगाइएको कडा प्रतिबन्धको पनि आलोचना गर्दै हालको स्तरलाई ‘अत्यन्त अपर्याप्त’ भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार