असार २४, २०८२ मंगलबार July 8, 2025

हमासले बन्दी रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थिति सामना गर्नुपर्ने ट्रम्पको चेतावनी

मानवता विरुद्ध अत्याचार गर्ने जो कोही माथि कडा कारबाही गर्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अममेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले हमास द्वारा गाजामा बन्धक बनाइएकाहरूलाई रिहा नगरे मध्यपूर्वले विनाशकारी परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत् जनवरी २० मा आफूले कार्यकाल सम्हाल्नु अघि बन्धक रिहा गर्न हमास र मध्यपूर्वका लागि यस्तो चेतावनी दिएका हुन् । बन्धक रिहा गर्न भन्दै ट्रम्पले मानवता विरुद्ध अत्याचार गर्ने जो कोही माथि कडा कारबाही गर्ने बताए । जुनसुकै समूहले बन्धक बनाए पनि उसले अमेरिकी इतिहासको अहिलेसम्मकै ठूलो सजायको सामना गर्नुपर्ने ट्रम्पले उल्लेख गरेका छन् ।

सन् २०२३ अक्टोबरमा अप्रत्याशित रूपमा हमासले इजरायल तर्फ आक्रमण गरेर करिब दुई सय ५० जनालाई बन्धक बनाएर गाजा लगेको थियो । तीमध्ये केही मानिस अमेरिकी नागरिक समेत छन् । दुई सय ५० मध्ये एक सय एक जना अझै हमासको नियन्त्रणमा रहेका छन् । एक सय एक मध्ये आधाको ज्यान गइसकेको अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हमासले भने युद्धविराम नभए सम्म बन्धक रिहा नहुने अडान राख्दै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई पूर्ण रूपमा ध्वस्त नपारे सम्म युद्धविराम नहुने बताएका छन् । हमासले १४ महिना देखि जारी युद्धमा ३३ जना बन्धकको मृत्यु भइसकेको बताएको छ ।

हमासले मृत्यु हुनेको राष्ट्रियता भने खुलाएको छैन । सोमबार मात्रै हमासले आफ्नो नियन्त्रणमा रहेका एक अमेरिकी–इजरायली युवाको भिडियो सार्वजनिक गरेको थियो । जसमा बन्धक बनाइएका युवाले ट्रम्पलाई आफ्नो रिहाइका लागि पहल र सुरक्षित घर फर्केने सुनिश्चत गर्न आग्रह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार