असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउने

दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर मंसिर २३ गते आउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् ।

उनले मंसिर २३ देखि २५ गते अर्थात डिसेम्बर ८ देखि १० सम्म नेपालको भ्रमण गर्ने भएका हुन् । दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर नेपाल आउन लागेका नेपाल स्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनले युवाहरू सँग साक्षात्कार गर्ने छन् भने केही नेत सँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

लूले यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुक सँगको सम्बन्ध मजबुत हुने र क्षेत्रीय समृद्धिका लागि बल पुग्ने अमेरिकाले जनाएको छ । लुले यस अघि गत वर्ष असारमा नेपाल भ्रमण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार