भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

भोलिदेखि सार्वजनिक यातायात चल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भोली साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मङ्गलबार संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना मातहतका व्यवसायीले सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सरकारले असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरे पनि ठूला व्यवसायी सङ्गठनले भने विभिन्न माग राखी सेवा सञ्चालन गरेका थिएनन् । तर मौद्रिक नीतिले माग सम्बोधन गरेपछि र सोमबार यातायात व्यवस्था विभागसँग वार्ता गरी थप सहमति भएपछि ८ गतेदेखि सेवा सञ्चालन गर्ने भएका हुन् ।

मौद्रिक नीतिले यातायात व्यवसायीले उठाउँदै आएका मागमध्ये बैङ्क किस्ताको पुनर्तालिका र पुनर्कर्जा सम्बोधन गरेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्याले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “अब मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगार श्रमिक मैत्री कार्यविधि आउने छ भन्ने आशा गर्दछौँ ।”

व्यवसायीले कोरोनालाई ध्यानमा राखी सरकारले तोकेको भाडा दरमा साना, मझौला, ठूला सबै प्रकारका सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणाली अनुसार सञ्चालन गर्ने भएका छन् । कोरोना बीमाका लागि श्रमिकको विवरण सम्बन्धित कम्पनीले एक हप्ताभित्र महासङ्घको कार्यालयमा पठाउन महासङ्घले सूचना गरेको छ ।

असार २६ गते सरकारले अकस्मात् छोटा दूरीका सार्वजनिक यातायात खुला गर्दा आफूहरू अन्योलमा परेको व्यवसायीको गुनासो छ । सार्वजनिक यातायात सञ्चालन विधि, श्रमिक तथा यात्रुको स्वास्थ्य सुरक्षाबारे छलफल नै नगरी सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णयले आफूहरूलाई अन्योल बनाएको नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बताउनुभयो ।

छोटो दूरी मात्र नभई मध्यम र लामो दूरीमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने सहमति भएपछि व्यवसायी सेवा सुचारु गर्न तयार भएका हुन् । त्यस्तै सोमबार विभागसँग भएको छलफलमा यातायात मजदुरहरूको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५० प्रतिशत अनुदान गर्ने सहमति भएको थियो । कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका निम्ति सरकारको तर्फबाट कोष स्थापनाका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने सहमति भएको थियो ।

यातायात मजदुरलाई स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको व्यवस्था स्वयम्ले गर्नुपर्ने छ । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पूरा गरी यातायात सञ्चालन गरिने महासङ्घले जनाएको छ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात पनि छिट्टै खुला गर्नुपर्ने व्यवसायी सङ्गठनको माग छ ।

असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात खुला गरेपछि काठमाडौँ उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयूर यातायात, महानगर, मेट्रो, साझा लगायतका यातायात सञ्चालनमा छन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार