मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

सिरियाका शहरमा विद्रोहीको कब्जा जारी

विद्रोहीहरूले हमामा कब्जा गरेपछी हजारौं मानिसहरू घरबाट भागे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिरियाका विद्रोहीहरू राजधानी दमास्कसतर्फ अघि बढिरहेका छन् । यसैबीच, विद्रोहीहरूले दक्षिणी सिरियाको डेराका अधिकांश भाग कब्जा गरेका छन् ।

डेरा त्यही क्षेत्र हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरोध सुरु भएको थियो। त्यसपछि देशमा गृहयुद्धको अवस्था सिर्जना भयो र त्यसमा पाँच लाखभन्दा बढी मानिस मारिए । यो क्षेत्र रणनीतिक र प्रतीकात्मक रुपमा निकै महत्वपूर्ण छ । यो क्षेत्र जोर्डनको सिमानामा रहेको मुख्य क्रसिङको नजिक छ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरीले सरकारी सेनासँगको ‘हिंसक झडप’ पछि ‘स्थानीय विद्रोही समूहहरू’ ले सेनाको धेरै स्थानहरू कब्जा गर्न सफल भएको बताएको छ । जोर्डनका आन्तरिक मन्त्रीले सिरियाको दक्षिणमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशले सिरियाको यस क्षेत्रसँगको सीमा बन्द गरेको बताएका छन् ।

हालै विद्रोहीहरूले हमामा कब्जा गरेका छन् र हजारौं मानिसहरू घरबाट भागेका छन् । गत हप्ता सरकारी सेनाले अलेप्पोको नियन्त्रण गुमाएपछि राष्ट्रपति बसर अल-असदका लागि यो दोस्रो ठूलो धक्का थियो ।

गत साता सिरियामा विद्रोहीहरुले अचानक आक्रमण गर्न थालेपछि अल्पसंख्यक समुदाय अलावाइटका मानिसहरु होम्स शहर घर छाड्न थालेका छन् । सिरियाको अर्को ठूलो सहर हामालाई विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले कब्जामा लिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार सिरियाली सेनाले विद्रोहीलाई रोक्न हवाई हमला गरेर होम्स र हामा जोड्ने राजमार्गलाई ध्वस्त पारेको छ । होम्स सहर हामाबाट ४० किलोमिटर मात्र टाढा छ। हमामा कब्जा गरेपछि होम्स शहरमा बसोबास गर्ने शिया समुदायका मानिसहरु सहरबाट भाग्न थालेका छन् ।

रुसी सेनाले एचटीएस विद्रोहीहरूलाई रोक्न धेरै मिसाइलहरू प्रहार गरेको छ, तर तिनीहरूले उनीहरूको प्रगति रोक्न सकेनन् । हामा कब्जा गरेपछि एचटीएस कमाण्डर अबु मोहम्मद अल जुलानीले विजयको सन्देश दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार
भन्सार एजेन्टको आन्दोलनले जाँचपास ठप्प
२०८२ मंग्सिर २४, बुधबार