भाद्र १३, २०८३ शनिबार August 29, 2026

राजधानीमै विप्लवको इञ्चार्ज र सेक्रेटरीमाथि कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विप्लव माओवादीको ललितपुर विशेष जिल्ला समितिले ललितपुर जिल्ला इञ्चार्ज विश्वास (आशिक) र सेक्रेटरी दिल (रामबहादुर) लाई कारबाही गरेको छ ।

केही नेताको चरित्रहत्या गरेको, कोठे रिपोर्टिङ्गको आधारमा माथिल्ला नेताको चाप्लुसी गरेको,पार्टी संगठन ध्वस्त पारेको र भद्दा जीवनशैली अपनाएको आरोपमा हिजो बसेको विशेष जिल्ला समितिको बिस्तारित बैठकले जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई कारबाही गरेपछि विप्लबभित्रको विवाद थप जकडिएको छ ।

विशेषका अनुसार जिल्ला इञ्चार्ज र सेक्रेटरीले केही समयदेखि तानाशाह प्रवृत्ति देखाउँदै आफ्नो बिरुद्ध बोल्नेलाई कारबाहीको प्रक्रिया थालेपछि उल्टै उनीहरू कारबाहीको भागीदार बनेका हुन् । यसअघि जिल्ला समितिको ब्लक नं. १ र ४ का इञ्चार्जहरू क्रमशः जमिन र जीवनमाथि इञ्चार्ज र सेक्रेटरीको एक्लौटी निर्णयले कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

ललितपुर विशेष जिल्ला समितिको हिजो बसेको बैठकले जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई पाँचवटा गम्भीर आरोप लगाएको छ । उनीहरूमाथि पार्टी केन्द्रको भावना र मर्म विपरित मनोमानी ढंगले पार्टी समिति सञ्चालन गरेको, आवश्यक छलफल र अनुसन्धान नगरी तानाशाही तवरले जिम्मेवार जिल्ला नेताहरूलाई कारबाहीको बहानामा चरित्र हत्या गरेको र संकलित आर्थिक सहयोग तथा चन्दाको आय व्यय विवरण जिल्ला समितिको बैठकमा पेश गर्न नसकेको आरोप छ ।

त्यसैगरी, काल्पनिक र उत्तेजनात्मक सूचनाहरू माथिल्लो कमिटीलाई दिएको, सर्वसाधारणलाई निगरानीको नाममा अनावश्यक रूपले धम्क्याउने र यातना दिने तथा जिल्ला समितिको बैठकमा एक्लौटी निर्णय गरी अनावश्यक विवाद सिर्जना गरेको आरोप पनि इञ्चार्ज विश्वास र सेक्रेटरी दिलमाथि लागेको छ । जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार