भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि सञ्चालन भएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० अन्तर्गत मौवाखोलामा मौवा खोलाको बाढीले राजमार्गमा रहेको पुल छेउको सडक भत्काएको थियो ।

भत्किएको सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र सडक विभागका कर्मचारीको सहयोगमा निर्माण गरिएको हो । खोलाको छेउतर्फको भागमा ग्याभिन जाली लगाएपछि अवरुद्ध राजमार्गमा साना सवारी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो ।

अवरुद्ध भएको सडकमा पर्खाल लगाइएको र माटो गिटी बालुवा भरिएपछि अस्थायीरुपमा सडक सञ्चालनमा आउनसक्ने अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी रुपक खड्काले बताउनुभएको छ ।

सबै किसिमको सवारी सञ्चालन हुने गरी राजमार्ग सञ्चालन हुनका लागि अझै केही दिन लाग्नेछ । खोलामा डाइभर्सन गरी ग्याभिन जाली भरेर ठूलो पर्खाल लगाएपछि मात्र सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार
जी–२० मा इरानमाथि दबाब बढाउने अमेरिकी तयारी
२०८३ भाद्र १२, शुक्रबार
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण आवश्यक छः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १२, शुक्रबार
गृहसचिवमा केदारनाथ शर्मा र रक्षामा इन्दु घिमिरे नियुक्त
२०८३ भाद्र १२, शुक्रबार