जेठ २३, २०८३ शनिबार June 6, 2026

बाहुबली स्टार प्रभाषसंग फिल्म खेल्दै दीपिकाः पारिश्रमिक २० करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउड नायिका दीपिका पादुकोण र साउथ इन्डियन सुपरस्‍टार प्रभाष एउटै फिल्ममा देखिने भएका छन्।

यो जोडीलाई एकसाथ लिँदै छन् नाग अश्विनले। नाग एक साइन्स फिक्‍सन फिल्‍म बनाउँदै छन्। जसमा बाहुबली स्टार प्रभाष र दीपिका हुनेछन्। यो फिल्मका साथ दीपिका तेलुगु फिल्ममा डेब्‍यु गर्दै छिन् भने यो फिल्म प्रभाषको २० औं फिल्म हुनेछ।

जी न्युजका अनुसार यो फिल्ममा साइन गरेसँगै दीपिकाले कमाइको मामलामा एउटा इतिहास कायम गरेकी छिन्। एक खबरका अनुसार निर्माताहरूले यो फिल्मका लागि प्रभाषलाई ५० करोड भारति रुपियाँ भुक्तान गरेका छन् भने दीपिकाले यसमा २० करोड भारतीय रुपियाँमा साइन गरेकी छिन्। यो राशीको पारिश्रमिकसँगै अब दीपिका भारतीय सिनेमाको इतिहासमै सबैभन्दा बडी कमाइ गर्ने नायिका भएकी छिन्।

प्रभाष र दीपिकालाई फिल्मका लागि साइन गरिसकिए पनि यसको नाम जुराइनसकिएको समाचारमा उल्लेख छ। तेलुगु फिल्म निर्माण गर्ने सबैभन्दा ठूलो कम्पनी वैजयन्ती मुभिज यो विशेष भेन्चरका साथ ५० सालको यात्रा तय गर्दै छ।

यो ठूलो बजटको फिल्म हुने र धेरै भाषामा रिलिज गरिने समाचारमा जनाइएको छ। दीपिका अन्तिमपटक उनको होम प्रोडक्सनको फिल्म छपाकमा देखिएकी थिइन्। यो फिल्मलाई लिएर दीपिकाको प्रशंषा भएको थियो। तर बक्स अफिसमा भने त्यसले राम्रो कमाइ गर्न सकेको थिएन। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार