असार २४, २०८२ मंगलबार July 8, 2025

पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ जना घाइते

नजिकैको सैन्य अस्पतालमा पठाउनु अघि घटनास्थलमा घाइते व्यक्तिहरुलाई तत्काल चिकित्सा सहायता प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामावाद, पुस ८ गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरुबिचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।

उक्त घटना आइतवार प्रान्तको खैबर आदिवासी जिल्लाको दुर्गम तिराह उपत्यका क्षेत्रमा भएको थियो, जहाँ सुरक्षा बलहरुले खोजी अभियान सुरु गरेका थिए । नजिकैको सैन्य अस्पतालमा पठाउनु अघि घटनास्थलमा घाइते व्यक्तिहरुलाई तत्काल चिकित्सा सहायता प्रदान गरिएको थियो ।

पाकिस्तानी सेनाले उक्त घटनाको बारेमा आधिकारिक बयान जारी गरेको छैन । पाकिस्तान–अफगानिस्तान सीमामा अवस्थित तिराह उपत्यका आफ्नो रणनीतिक स्थान र आतङ्कवादको इतिहासका कारण लामो समयदेखि आतङ्कवाद विरोधी प्रयासको केन्द्रबिन्दु बनेको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार