काठमाडौंः विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभरमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ५२ हजार ३९ पुगेको छ भने संक्रमितको संख्या १ करोड ६४ लाख १२ हजार ८ सय १५ पुगेको छ ।
यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ४२ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ४९ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ७१ हजार ८ सय ३९ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ८७ हजार ५२ पुगेको छ भने संक्रमितको संख्या २४ लाख १९ हजार ९ सय १ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार २ सय ६९ पुगेको छ भने संक्रमितको संख्या ८ लाख १२ हजार ४ सय ८५ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया