असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा एकैदिन ५० हजार बढीमा कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा कोरोना भाईरस संक्रमितको संख्या बढ्दो छ । हिजो एकैदिन ५० हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा ३२ हजार ८ सय नाघेको छ । भारतमा हिजो मात्रै ७ सयभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । संक्रमण दर उच्च भए पनि पछिल्लो समय मृत्युदरमा भने विश्वमै कमी आएको छ ।

यसैबीच विश्वमै कोरोना जितेर घर फर्कनेको संख्या १ करोड नाघेको छ । कोरोनाबाट बढी प्रभावित मुलुकहरु अमेरिका र ब्राजिलमा हिजो भने कोरोना संक्रमण दर र मृत्युदर दुबैमा कमी आएको छ ।

विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ६३ लाखभन्दा बढी छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख ५१ हजारभन्दा बढी छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया