माघ १५, २०७९ आइतबार January 29, 2023

चौघडा आँखा शिविरमा २ सय ९० को परिक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चौघडा । जिल्लाको लिखु गाउँपालिका ४ मा रहेको श्री क्षेत्रपाल माध्यमिक विद्यालय प्रांगणमा आँखा शिविरको आयोजना गरिएको छ । माघ २४ गते जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा भएको शिविरमा विद्यालयका विद्यार्थी तथा अभिभावकहरु सहित स्थानीहरुले समेत आफ्नो आँखा जाँच गराएका थिए ।

सो अवसरमा गाउँपालिका करिब २ सय ९० जनाको आँखा जाँच गरि औधषी समेत वितरण गरिएको विद्यालयका अभिभावक संघका अध्यक्ष रामचन्द्र वस्तीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

सो क्रममा आँखामा समस्या देखिएकाहरु मध्ये धेरैको अप्रेसन समेत गर्नुपर्ने रहेको आँखा केन्द्र नुवाकोटले जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार फागुन १,२, र ३ गते हुने शिविरमा ३९ जनाको निशुल्क खाँखा अप्रेसन गर्ने तयारी भएको समेत जनाएको छ । शिविरमा विद्यालयाका विद्यार्थी तथा स्थानीय सामाजिक संस्था क्षेत्रपाल सामुदायिक संस्थाले स्वयं सेवकको रुपमा दिनभर सहयोग गरेका अध्यक्ष वस्तीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले सूचनाको हकसम्बन्धी विषयमा सरोकारवाला पक्षसँग छलफल गर्नुहुने
२०७९ माघ १५, आइतबार
गृहमन्त्रालय नछाड्ने रास्वपाको निष्कर्ष
२०७९ माघ १५, आइतबार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता
२०७९ माघ १५, आइतबार
रबि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्षको जिम्मेवारी
२०७९ माघ १५, आइतबार
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकताको प्रमाणपत्र
२०७९ माघ १५, आइतबार
काठमाण्डाैं शिक्षा क्याम्पस सञ्चालक समितिको अध्यक्षमा प्रा.डा.भट्टराई चयन
२०७९ माघ १५, आइतबार
महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी : प्रधानमन्त्री
२०७९ माघ १५, आइतबार