कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

घाइतेको निःशुल्क उपचारको प्रबन्ध गरेका छौं : मुख्यमन्त्री थापा

प्रादेशिक अस्पताल तथा आयुर्वेदिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, ११ भदौः वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते भएका नागरिकको प्रदेश सरकारले निःशुल्क उपचारको प्रबन्ध गरेको बताउनु भएको छ ।

बुधबार नुवाकोट पुगेर बाढीग्रस्त क्षेत्रको अनुगमनपछि राससलाई जानकारी दिँदै उहाँले घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो । “विपद्मा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो । प्रादेशिक अस्पताल तथा आयुर्वेदिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ,” मुख्यमन्त्री थापामगरले भन्नुभयो ।

प्रदेश सरकारले आकस्मिक उपचारका लागि भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालका स्वास्थ्यकर्मी रसुवा तथा नुवाकोटेको त्रिशूलीमा खटाएको छ । भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसियु कक्षको व्यवस्था गरी निःशुल्क उपचार सेवा उपलब्ध गराइएको छ ।

प्रदेशका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विभिन्न नदी तटीय क्षेत्रमा बाढीका कारण गम्भीर जोखिम र क्षति भएको तथा तल्लो तटीय क्षेत्र पनि प्रभावित भएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री थापामगरले भन्नुभयो, “प्रदेश सरकार यस विपद्को घडीमा नागरिकको जीवन रक्षा, उद्धार, उपचार तथा राहतलाई सर्वोच्च प्राथमिकता दिई परिचालित भएको छ,” प्रभावित क्षेत्रमा तत्कालका लागि आवश्यक स्वास्थ्य सेवा, औषधि उपचार, खानेपानी, खाद्यान्न तथा बसोबासको व्यवस्था मिलाउने कार्य भइरहेको उहाँको भनाइ छ ।

हालको कठिन परिस्थितिमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताउँदै उहाँले सबै सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सामाजिक सङ्घसंस्थालाई एकजुट भई मानवीय उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २४, मंगलबार
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार